लन्डन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका ब्रिटिश समकक्षी डेभिड क्यामरूनले संयुक्त विज्ञप्ति जारी गरि नेपालबारे बोलेका छन् ।
लन्डनमा आज दुई देशका प्रधानमन्त्रीले जारी गरेका बक्तब्यमा भनिएको छ, ‘दुवै प्रधानमन्त्री समावेसी र दिर्घकालसम्मका लागि काम लाग्ने संवैधानिक प्रबन्धको पक्षमा जोड दिन्छन्। यस्तो प्रबन्धले बाँकी रहेका चासोहरुको सम्बोधन गर्ने छ र राजनीतिक विकास र आर्थिक सम्वृद्धि प्रबर्धन गर्ने छ।’
सो बक्तब्यमा भूकम्प पछिको पुनर्निर्माणको विषयलाई पनि प्राथमिकता दिइएको छ । बक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चाडैनै काम गर्न शुरू गर्ने र पुनर्निर्माणलाई अघि बढाउने दुवै प्रधानमन्त्रीको आशा छ ।’
मोदी तीन दिने बेलायत भ्रमणमा आएकै दिन गत बिहीवार नेपाली समुदायले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि व्यापक प्रदर्शन गरेका थिए ।
यही प्रदर्शनका कारण भारतले बेलायतमा नेपालीको प्रभावबारे प्रतिवेदन तयार समेत भनेको अखवारहरुले जनाएका छन् ।
मोदी आजै शनिवार जि २० समिटमा भाग लिन अंकारा जांदैछन् ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय