लन्डन । बेलायतको पुरानो संस्था कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले यस वर्ष पनि तिहारका अवसरमा लन्डनमा सामूहिक देउसी भैलो कार्यक्रम गरेको छ ।
लक्ष्मी पूजा र भोलिपल्ट गरि दुई दिन देउसी भैलो कार्यक्रम गरिएको कार्यक्रम संयोजक एवं संस्थाकी ट्रष्टी तथा पूर्व महासचिव शर्मिला सिंहले जनाइन् । संयोजक सिंहले नेपाली परम्परा र संस्कृतिको निरन्तरता एवं कोसेलीकै कोषवृद्धिका लागि देउसी भैलो खेलिएको बताइन् ।
बिहीबार ब्लु अर्किडमा सामूहिक देउसी भैलो खेलियो जसमा ६० जना भन्दा बढि सहभागी थिए ।
विशुद्ध परम्परागत नेपाली बाजागाजासहित पुगेको कोसेलीको समूहले शुरुमा भट्याउने कार्यक्रमपछि गायन र नाच गरि माहोल रोमाञ्चक बनाएको थियो । देउसी भैलोले नेपालकै झझल्को दिएको सहभागीले बताए ।
कार्यक्रममा उज्जवल श्रेष्ठले संगीत संयोजन गरेका थिए भने कोसेलीका संस्थापक अध्यक्ष मदन थापाले टिपिकल बाजा मादल र सारंगीमा साथ दिएका थिए ।
देउसी भैलो कार्यक्रममा संस्थापक अध्यक्ष मदन थापा, कलाकारहरु शर्मिला सिंह, खेम गौतम, निश्चल दाहाल, पूर्ण बज्राचार्य लगायतले गीत गाउनुका साथै वाद्यवादनको भूमिका निर्वाह गरेका थिए ।
तस्विरहरु सौजन्यः सुशील सिंह, नेपाली समाज यूकेडटकम
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा