लन्डन । बेलायतकी एकजना नेपाली नर्स प्रसुना कंडेल रुल दि रनवे यूके मोडलिङ प्रतियोगितामा छानिएकी छन् ।
तीन अडिसन पार गरेर उनी अन्य २४ जनासहित आगामी फेब्रुअरी २०१६ मा यूकेको बर्मिङ्ममा हुने प्रतियोगिताका लागि छानिएकी हुन् ।
रुल दि रनवे यूकेले संसारभरका मोडल तथा डिजाइनरहरुका लागि प्लेटफार्म प्रदान गर्ने गर्छ ।
यतिखेर उक्त प्रतियोगिताका लागि फेसबुक तथा ट्वीटरमार्फत अनलाइन भोटिङ शुरु भइरहेकाले प्रतिष्पर्धी कंडेलले आफूलाई भोट गरिदिन आग्रह गरेकी छिन् । आगामी जनवरी ४ सम्म एउटा व्यक्तिले प्रत्येक दिन भोट गर्न सक्ने कंडेलले जनाइन् । विभिन्न आइपीबाट पनि भोट गर्न सकिनेछ । आफ्नो लिंकलाई सामाजिक सञ्जालमा सकेसम्म शेयर गरेर सहयोग गरिदिन उनको अपिल छ । प्रतियोगितामा उपाधि जिते त्यसले नेपाल र नेपालीकै चिनारी हुने विश्वास प्रसुनाले व्यक्त गरेकी छिन् ।
पेशाले नर्स उनी नेपलिज नर्सिङ एसोसिएसन यूकेकी उपाध्यक्ष हुन् । तर, पछिल्लो समय समाजसेवामा उनको संलग्नता बढेर गएको छ । भूकम्प लगत्तै उनकै संयोजनमा नेपाली नर्सहरुको टोली सिन्धुपाल्चोक, धादिङ, काभ्रे, रसुवा, लगायत १० जिल्ला पुगेर राहत वितरण तथा उपचारमा संलग्न भएको थियो । उनले धादिङ मारपाक गाउंका एक भूकम्प पीडित ९ वर्षीय बालकको जीवनभरको अध्ययन तथा खर्चको जिम्मेवारी लिएकी छिन् । नेप्लिज वुमेन एसोसिएसन यूके र नेप्लिज ब्लड डोनर यूकेमा महासचिवको जिम्मेवारी लिइरहेकी उनी केही समयअघिमात्र बेलायतको एउटा अनलाइन पोर्टलको छनोटमा टप टेन भित्र परेकी थिइन् ।
उनले यसअघि पनि बेलायतका विभिन्न मोडलिङ प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् । गत वर्ष आयोजित अन्तर्राष्ट्रिय एफ्रो मोडल अवार्ड देखि सन् २०१२ मा सम्पन्न फेस अफ प्यूरिटीको फाइनलिष्टमा छनोट भएर मिस पब्लिक च्वाइस अवार्ड समेत हासिल गरिसकेकी छिन् उनले । यूकेका विभिन्न वेवसाइट तथा म्यागजिनका लागि फोटोसुट गरिरहने उनले बेलायतमा निर्मित नेपाली चलचित्र यू टर्नमा सह नायिकाको भूमिका समेत गरेकी थिइन् । प्रसुना यतिखेर किङडम स्कुल अफ आर्ट्समा थिएटर तथा एक्टिङमा डिप्लो कोर्स गरिरहेकी छन् ।
भोटिङका लागि तलको लिंकमा जानुहोस्
https://www.facebook.com/RuletheRunwayUK/?sk=app_451684954848385&brandloc=DISABLE&app_data=view-vote%2Cfor-11248943&__mref=message
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति