लन्डन । लन्डनको साउथ इष्टस्थित प्लमस्टिडमा रहेको पशुपतिनाथ मन्दिरमा बुधवारसांझ लक्ष्मी पूजा र भैलो कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दू मन्दिर व्यवस्थापन समितिले धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरि लक्ष्मीपूजा मनाउनुका साथै भैलो आयोजना गरिएको जनाएको छ ।
पण्डित विनोद पन्थीले पूजाआजा गरेका थिए । साथै कलाकारहरु कृष्ण गैरे, तारा भट्टराई लगायतको नृत्य साथमा सामूहिक भैलो खेलिएको
सत्संग समितिका संयोजक गोकुल न्यौपानेले जनाए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालजंग अर्यालले नेपाली कला संस्कृतिको जगेर्ना र नयां पुस्ताबीच संस्कृतिको महत्व बुझाउन कार्यक्रम गरिएको जनाए । मन्दिर टष्टी विनोद ज्ञवाली, कमिटी सदस्य हरि पन्त, सरिता पौडेल लगायतले कार्यक्रम व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
मन्दिर दर्शन गर्न पुगेका एनआरएनए यूके युवा संयोजक हरि आचार्यले लन्डनमा समेत यस खालको कार्यक्रमले नेपाली संस्कृति र परम्परा जिवन्त राख्न सघाउने जनाए ।
यसैबीच, बेलायतका अन्य विभिन्न शहरमा समेत देउसी भैलो कार्यक्रम आयोजना भइरहेका छन् । कात्तिक कृष्ण औंसीका दिन आजै घर वरपर सरसफाइ गरि सिंगारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैं बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहि आएको छ ।
भिडियो
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता