लन्डन । डार्टफोर्ड नेपलिज कम्युनिटीको दशैं तिहार शुभकामना कार्यक्रम गत शनिवार सम्पन्न भएको छ । नर्थवेष्ट केन्ट कलेज हलमा कार्यक्रम भएको हो ।
कार्यक्रममा डार्टफोर्ड बरो काउन्सिल नेता काउन्सिलर जेरेमी काइट एमबीइ, रोयल ग्रीनवीच नेपलिज सोसाइटी, बेक्सली नेपलिज कम्युनिटी प्रतिनिधि र आयोजक संस्थाका सदस्यहरु गरि एकसय ३५ जनाको सहभागिता थियो ।
कार्यक्रममा कम्युनिटी अध्यक्ष राजेश पाठकले यहीं हुर्के बढेका वालवालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन जरुरी रहेकामा जोड दिए । पाठकले विद्यावारिधी उत्तिर्ण गरेकामा काउन्सिलर डा. बच्चु कैलाश कैनी र जिसिएससीमा ११ ए स्टार ल्याउने स्वीकृति लोहनीलाई वधाइ दिंदै कार्यक्रम सम्पन्न गर्न सघाउने सबैप्रति कृतज्ञता व्यक्त गरेका थिए । साथै उनले नेपाली समुदायमा उत्कृष्ट काम गरे वापत प्रशंसा पाएका चन्डिका भट्ट र युवराज गर्बुजालाई पनि वधाइ दिए ।
डार्टफोर्ड बरो काउन्सिल नेता काइटले वालवालिकालाई नेपाली भाषा र संस्कृति प्रशिक्षणका लागि ५ हजार पाउण्ड सहयोग गर्ने घोषणा गरेका छन् । उनले वृद्धवृद्धालाई अंग्रेजी भाषा तथा अन्य सिप सिकाउन पनि बेग्लै आर्थिक सहयोगको प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बेजोड सांस्कृतिक प्रस्तुति र जिसिएससी उत्तिर्ण तथा खेलकुदमा विजयी भएका छात्रछात्रालाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रम सफल बनाउन विशेष गरि सक्रिय सदस्यहरु रमेश गुरुङ, बाबुराम गुरुङ, दीपक थापा, वेद भट्टराई, अमिर घले, सन्तोष कार्की, सुनिता गौतम, दीपा कोइराला, सन्तोष श्रेष्ठ, रश्मी पराजुली, उमाकान्त गुरुङ, सुनिल न्यौपाने लगायतले प्रमुख भूमिका निर्वाह गरेका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य