लन्डन । भारतले नेपालमा लगाइरहेको अघोषित नाकाबन्दी विरुद्ध विश्वभरका हाइ कमिसनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तिम समयमा आएर एक्कासी स्थगित भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदले आज मंगलबार एकै दिन एनआरएनए राष्टिय समिति बनेका विश्वका ७१ वटै मुलुकका भारतीय हाइ कमिसनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको थियो ।
तर, एनआरएनए आइसीसीले एक दिन अघि सोमबारमात्र विशेष कारण देखाउंदै ज्ञापन बुझाउने कार्यक्रम स्थगित गर्नुपरेको जनाएको छ । यद्यपि, के कति कारणले कार्यक्रम रोक्नु परेको हो त्यो भने स्पष्ट पारिएको छैन् ।
कार्यक्रम एकाएक स्थगित हुनुलाई कतिपयले राजनीतिक प्रभावसंग पनि जोडेर हेरेका छन् । भारतले नाकाबन्दी खुकुलो पार्ने संकेत गरेको अनौपचारिक समाचार आइरहंदा कार्यक्रम स्थगित भएको हो ।
गैर आवासीय नेपाली संघ, बेलायतले सोमबार अबेर इमेलमार्फत लन्डनस्थित अल्बीचमा रहेको भारतीय हाइकमिसनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रोकिएको जनाएको छ । एनआरएनए यूके महासचिव विजय विक्रम लिङ्देनले कार्यक्रम रोकिनुको कारण आफूहरुलाई स्पष्ट नभएको जनाए । ‘खोइ कसैको दवावमा रोकिनु परेको भन्नेबारे त थाहा भएन’, उनले वीनेपालीसंग सोमबारसांझ भने ।
एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङले यसबाट पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेका छन् । उनले ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित भएपनि १२ नोभेम्बर बिहीबारको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शनको कार्यक्रम भने सफल पार्न सबैमा आग्रह गरेका छन् । विरोध प्रदर्शन १२ नोभेम्बर मध्यान्ह १२ बजेदेखि बेलायती संसद भवन अगाडि हुंदैछ । उक्त प्रदर्शनमा बेलायतस्थित तीन दर्जन भन्दा संघसंस्थाका प्रतिनिधि र अन्य हजारौं नेपाली स्वतस्फूर्त सहभागी हुने अपेक्षा गरिएको छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ