लन्डन । भारतले नेपालमा लगाइरहेको अघोषित नाकाबन्दी विरुद्ध विश्वभरका हाइ कमिसनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तिम समयमा आएर एक्कासी स्थगित भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदले आज मंगलबार एकै दिन एनआरएनए राष्टिय समिति बनेका विश्वका ७१ वटै मुलुकका भारतीय हाइ कमिसनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको थियो ।
तर, एनआरएनए आइसीसीले एक दिन अघि सोमबारमात्र विशेष कारण देखाउंदै ज्ञापन बुझाउने कार्यक्रम स्थगित गर्नुपरेको जनाएको छ । यद्यपि, के कति कारणले कार्यक्रम रोक्नु परेको हो त्यो भने स्पष्ट पारिएको छैन् ।
कार्यक्रम एकाएक स्थगित हुनुलाई कतिपयले राजनीतिक प्रभावसंग पनि जोडेर हेरेका छन् । भारतले नाकाबन्दी खुकुलो पार्ने संकेत गरेको अनौपचारिक समाचार आइरहंदा कार्यक्रम स्थगित भएको हो ।
गैर आवासीय नेपाली संघ, बेलायतले सोमबार अबेर इमेलमार्फत लन्डनस्थित अल्बीचमा रहेको भारतीय हाइकमिसनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रोकिएको जनाएको छ । एनआरएनए यूके महासचिव विजय विक्रम लिङ्देनले कार्यक्रम रोकिनुको कारण आफूहरुलाई स्पष्ट नभएको जनाए । ‘खोइ कसैको दवावमा रोकिनु परेको भन्नेबारे त थाहा भएन’, उनले वीनेपालीसंग सोमबारसांझ भने ।
एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङले यसबाट पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेका छन् । उनले ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित भएपनि १२ नोभेम्बर बिहीबारको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शनको कार्यक्रम भने सफल पार्न सबैमा आग्रह गरेका छन् । विरोध प्रदर्शन १२ नोभेम्बर मध्यान्ह १२ बजेदेखि बेलायती संसद भवन अगाडि हुंदैछ । उक्त प्रदर्शनमा बेलायतस्थित तीन दर्जन भन्दा संघसंस्थाका प्रतिनिधि र अन्य हजारौं नेपाली स्वतस्फूर्त सहभागी हुने अपेक्षा गरिएको छ ।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार