लन्डन । गत आइतबार सेन्ट्रल लन्डन भूपू गोर्खामय भयो । मेडल, गोर्खा ह्याट, ब्लेजर र पप्पी फूलमा सजिएका भूपू गोर्खाहरु ह्वाइटहल वरपर थिए
रिमेम्बरेन्स् सन्डे परेडका लागि ।
युद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा श्रद्धाञ्जलि दिन बेलायती महारानीदेखि प्रधानमन्त्री र शीर्षस्थ राजनीतिज्ञहरुले ह्वाइटहलस्थित सिनोतापमा पुष्पगुच्छा चढाइरहंदा गोर्खाहरुको चहलपहल हेर्न लायक देखिन्थ्यो ।
ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस्) को नेतृत्वमा गोर्खा भवन फार्नबोरोबाट बस नै रिजर्भ गरेर भूपू गोर्खा परेडमा सहभागी भएका थिए । बिजिडब्लुएस अध्यक्ष मेजर रि. टिकेन्द्रदल देवानले विगत ११ वर्षदेखि आफूहरु प्रत्येक वर्ष परेडमा भाग लिइरहेको बताए ।
फार्नबोरोबाट डेढ घण्टाको यात्रापछि भूपू गोर्खा होर्स गार्ड परेड ग्राउन्डमा पुगेका थिए । सबै एकत्रित भएपछि उनीहरु मुख्य परेडका लागि बिहान १० बजेतिर ह्वाइटहलतिर लम्किए । झण्डै एक घण्टाको प्रतिक्षापछि महारानी एलिजावेथ द्धितिया सिनोताप आइपुगिन् । ठिक ११ बजे बिग बेनको पहिलो घण्टीपछि २ मिनेट मौनधारण गरियो । महारानी एलिजावेथ, प्रधानमन्त्री डेभिड क्यामरुन र अन्य पार्टीका शीर्ष नेताहरुले पालैपालो सिनोतापमा पुष्पगुच्छा चढाए ।
लन्डनको लोर्ड विसपबाट प्रार्थना शुरु भएसंगै गड सेभ द क्वीन गाएपछि मार्चपास शुरु भएको थियो । भूपू गोर्खाहरुको मार्च पास शुरु हुने वित्तिकै सडक दायांबायां उपस्थित सयौंले गडगडाहट तालीले स्वागत गरे । ह्वाइट हल, डाउनिङ स्ट्रिट पार गर्दै किङ् चार्ल्स स्ट्रिट हुंदै परेड ग्राउन्डमा आइपुग्दा दायांपट्टी उभिएका अधिराजकुमार विलियमले ‘गोर्खाज्’ भन्दै स्यालुट फर्काएका थिए ।
संस्थाका परेड कमाण्डर दुर्गा नारायण राईले पहिलो चरणको परेड सकिएको घोषणा गरेपछि ब्याग पाइपर कृष्ण राईको मिठो धुनसंगै गोर्खा मेमोरियल तर्फ लागेको थियो बिजिडब्लुएस् समूह ।
अध्यक्ष देवानले गोर्खा मेमोरियलमा पुष्पगुच्छा चढाइ सलाम गरे भने गोर्खाहरुले युद्धमा वीरगति प्राप्त सेनाहरुको नाममा एक मिनेट मौनधारण गरेका थिए ।
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत