लन्डन । बेलायतस्थित हिमालय मेल लिमिटेडले “हिमालय मेल” साप्ताहिक पत्रिका प्रकाशन गर्ने भएको छ । आउंदो डिसेम्बर पहिलो साताबाट पत्रिका प्रकाशन आरम्भ हुने र अनलाईन न्यूज पोर्टलको परिक्षण प्रसारण यहि नोभेम्बर ११ तारिख बुधबार लक्ष्मीपूजाको दिनदेखि सुरु हुने पत्रिकाका प्रधानसम्पादक ध्रुवराज अर्यालले जनाए ।
नेपालमा केही वर्ष टेलिभिजन पत्रकारिता गरेर सन् २००९ मा यूके आएका अर्यालसंग डेढ वर्ष युरोपको नेपालीपत्रमा सम्पादक र विगत ६ वर्षदेखि नेपाली टिभीमा काम गरिरहेको अनुभव छ ।
बेलायतमा यसअघि खुलेका कयौं नेपाली मिडिया टिक्न नसकेर बन्द भएकाबारे आफूहरु सचेत भएको उल्लेख गर्दै अर्यालले चुनौतीबीच पनि कयौं सम्भावनाहरु पहिचान गरिएको बताए ।
“बेलायतको नेपाली समुदायमा एक विश्वसनीय, निस्पक्ष तथा व्यवसायिक मिडियाका रुपमा स्थापित हुनु हाम्रो लक्ष्य हो । नेपाल तथा बेलायतमा राष्ट्रिय स्तरका पत्रपत्रिका, टेलिभिजन तथा अनलाईन मिडियाहरुमा सम्पादकीय भूमिकामै समेत अनुभव लिएका पत्रकारहरुसहितको जुझारु टिम हामीसंग छ”, अर्यालले भने ।
बेलायतको नेपाली समुदायको सरोकारका हरेक विषयमा सकेसम्म चांडो र विश्वसनीय रुपमा सत्य, निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्नु आफ्नो प्रतिज्ञा भएको अर्यालले बताएका छन् ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता