मदन पुरस्कार विजेता राजन मुकारुङलाई लण्डनमा सम्मान

1 rajan
लण्डन । मदन पुरस्कार विजेता युवा साहित्यकार राजन मुकारूङलाई लण्डनमा सम्मान गरिएकाे छ ।

किरात राई यायाेख्या लण्डन उपशाखाले अायाेजना गरेकाे बलिहाङ तङनाम देउसीभैलाेकाे अवसर पारेर उनलाई सम्मान गरिएकाे हाे ।

किराया नेपालका पूर्व अध्यक्ष सुमाया राईको प्रमुख आतित्थमा भएकाे साे कार्यक्रममा बिशेष अतिथी सिर्जनशील अराजकका प्रणेता, आख्यानकार तथा मदन पुरस्कार विजेता राजन मुकारुङलाई किरात संस्कार अनुसार उपशाखाकाअध्यक्ष टिकाधन राईले शिर उभाई सम्मानित गरेका थिए ।

सम्मानपछि मुकारुङले भने, ‘यो उत्तरी ध्रुवमा आईपुगेकाे छु । यो ठाउँमा आइपुग्छु भन्ने मैले सोँचेको थिइनँ तर आईपुगेँ । नरेश काङमाङ राई र मेजर योगेश राईलाई सम्झिएको छु । आज मलाई सम्मान गर्नु भएकाेमा किराया उपशाखा लण्डनलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।’
‘पहिचानको विषयमा लेख्दै आएँ । शुरुका दिनहरुमा आफ्नै समुदायबाट पनि तिरस्कृत बन्नु पर्याे । तर निरन्तर लेखी नै रहेँ । त्यसपछि विभिन्न समुदायहरुले साम्प्रादायिक, बिखण्डनकारी, जातिवादी भन्ने आरोप लगाए । तर जसले मलाई आरोप लगाए उनीहरुले आफैँलाई बुझ्न सकेनन् र अझै बुझ्ने आँट गरेका छैनन् ‘ उनले थपे ।

‘देश संघियतामा गईसकेको छ । तर हाम्रो पहिचान सुरक्षित हुन नसकेकोले अझै लड्न पर्ने छ । यतिवेला मधेश जलिरहेको छ । जसले मधेसी समुदायलाई भारतीय भन्छन् र भनिरहेका छन् यो नै राष्ट्र र राष्ट्रियताको समस्या हो । मधेसी समुदायले दश गजामा दिनहुँ देशको लागि भारतको अत्याचार विरुद्ध लडिरहेका छन् । तर उनीहरुलाई यो आरोप लगाइनु राष्ट्रिय समस्या हाे’- उनले भने ।

सम्मान कार्यक्रम किराया शाखाका पूर्व अध्यक्ष शुक्रराज राई, किराया उप–शाखा वकिङ्गका अध्यक्ष आशा राई, उप–शाखा रसमोरका अध्यक्ष कृत राई, फोक्टोनका प्रतिनिधि कुमार राई, माखिम डाईरेक्टर मे. योगेश राई, रि. मे ईन्द्र राई, डा. प्रमोद राई, राजेन खिम्बुले राई, दिवाकर राई, कृष्ण बहादुर राई, छेत्रकला राई, विनोद राई, नरेश काङमाङ राई, कमल राई लगायत अतिथीका रुपमा उपस्थित थिए ।

किराया उप–शाखा स्विडनका अध्यक्ष शिव राई, किराया उप–शाखा  मिडवेका भिष्म राई,  किराया उप–शाखा मेडिस्टोनका अध्यक्ष मणि राई,  किराया उप–शाखा फोक्स्टोनका अध्यक्ष शिवधन राई लगायतले कार्यक्रम एकै दिन पर्न गएकोले आउन नसकेकोमा क्षमा चाहदै शुभकामना पठाएका थिए ।

किराया उप–शाखाका लण्डनका सचिव अप्सरा राईले कार्यक्रम संचालन गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष भानु भक्त कोयु राईले राखेका थिए । किराया उप–शाखा लण्डनका युवाहरुले गीत गाउदै र देउसो खेलि सबैलाई मनोरंजन दिएका थिए । अध्यक्ष टिकाधन राईको अध्यक्षतामा भब्यताका साथ कार्यक्रका सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री