लन्डन । ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलले नेपालको चुलिंदो राजनीतिक गतिरोध र नेपाल भारत सम्वन्धमा उत्पन्न संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विनाशकारी भूकम्पले १२ जिल्ला प्रभावित भइरहंदा नयां संविधान जारी लगत्तै सृजित पछिल्लो राजनीतिक संकटप्रति काउन्सिलले चिन्ता व्यक्त गरेको हो ।
काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई हाल लगाइएको अघोषित नाकाबन्दी खुल्ला गरि अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेको छ । इन्धन लगायत अत्यावश्यक वस्तु आपूर्तिमा अवरोध नगर्न पनि काउन्सिलले अनुरोध गरेको छ ।
काउन्सिलले नेपाल सरकारसंग वार्ताका माध्यमबाट मधेशी जनताका माग सम्वोधन गर्न समेत आग्रह गरेको छ । साथै, बेलायत सरकारलाई जारी संकट समाधानका लागि पहल गरिदिन समेत काउन्सिलले आग्रह गरेको महासचिव डा. कृष्ण अधिकारीले जनाए ।
काउन्सिलमा युनिभर्सिटी अफ अक्सफोर्ड, लन्डन, एडिनवरा, लिड्स, लिभरपुल जोनमुर, वेष्ट अफ स्कटल्याण्ड र सेन्टर फर नेपाल स्टडिज यूकेका १४ जना प्राज्ञ एवं वुद्धिजिवी आवद्ध छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा