लन्डन । ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलले नेपालको चुलिंदो राजनीतिक गतिरोध र नेपाल भारत सम्वन्धमा उत्पन्न संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विनाशकारी भूकम्पले १२ जिल्ला प्रभावित भइरहंदा नयां संविधान जारी लगत्तै सृजित पछिल्लो राजनीतिक संकटप्रति काउन्सिलले चिन्ता व्यक्त गरेको हो ।
काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई हाल लगाइएको अघोषित नाकाबन्दी खुल्ला गरि अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेको छ । इन्धन लगायत अत्यावश्यक वस्तु आपूर्तिमा अवरोध नगर्न पनि काउन्सिलले अनुरोध गरेको छ ।
काउन्सिलले नेपाल सरकारसंग वार्ताका माध्यमबाट मधेशी जनताका माग सम्वोधन गर्न समेत आग्रह गरेको छ । साथै, बेलायत सरकारलाई जारी संकट समाधानका लागि पहल गरिदिन समेत काउन्सिलले आग्रह गरेको महासचिव डा. कृष्ण अधिकारीले जनाए ।
काउन्सिलमा युनिभर्सिटी अफ अक्सफोर्ड, लन्डन, एडिनवरा, लिड्स, लिभरपुल जोनमुर, वेष्ट अफ स्कटल्याण्ड र सेन्टर फर नेपाल स्टडिज यूकेका १४ जना प्राज्ञ एवं वुद्धिजिवी आवद्ध छन् ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ