लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) युकेले भारतले नेपालमाथि गरिरहेको नाकाबन्दीका विरुद्ध लण्डनस्थित भारतीय हाइकमिसनमा ज्ञापनपत्र बुझाउने भएको छ ।
एनआरएन युकेका महासचिव विजयविक्रम लिङदेनका अनुसार एनआरएन अन्तर्राष्ट्रिय समितिको विश्वव्यापी कार्यक्रमअन्तर्गत भोलि (मंगलबार) सो ज्ञापन पत्र बुझाउन लागिएको हो ।
सेन्ट्रल लण्डनको अल्वीचमा रहेको इण्डिया हाउसमा बिहान ११.३० बजे एनआरएन युकेले ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको छ । सो कार्यक्रममा उपस्थितिका लागि एनआरएन युकेले युकेका सबै नेपालीहरुलाई अनुरोध पनि गरेको छ ।
भोलि नै एनआरएनका राष्ट्रिय समिति बनेका सबै ७१ वटै मुलुकका भारतीय मिसनहरुमा ज्ञापन एनआरएनले ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ ।
यसअघि पनि एनआरएन युकेले भारतीय हाइकमिसनमा नाकाबन्दीका विरुद्धमा ज्ञापन पत्र बुझाइसकेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा