लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले बीबीसी नेपाली सेवाबाट अवकास लिएका पत्रकार सुमन खरेलको बिदाइ तथा एनआरएन युकेका अध्यक्ष मुच्छेत्र गुरुङको बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
शाखाका अध्यक्ष चिरन शर्माको अध्यक्षतामा आइतबार लण्डनमा भएको सो कार्यक्रममा खरेल र गुरुङलाई बेलायतका कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीले खादा तथा शर्माले पुष्पगुच्छा दिएर बिदाई तथा बधाई ज्ञापन गरेका थिए ।
सो अवसरमा राजदुत क्षेत्री, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, पत्रकार सुमन खरेल र एनआरएन युकेका अध्यक्ष मुच्छेत्र गुरुङले बोलेका थिए ।
शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगरले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य सल्लाहकार भगिरथ योगीले गरेका थिए । कार्यक्रममा एनआरएन युकेको सदस्य पदमा निर्वाचित शाखाका साधारण सदस्य नारायण पौडेल गाउँलेलाई पनि बधाई दिइएको थियो ।
सो अवसरमा गोरखा रेडियोका नरेन्द्र बस्नेत र नेपलिज ब्लड डोनर्स एसोसिएसन युकेका एभरेष्ट गौतमले पनि खरेललाई उपहार र खादा प्रदान गरेका थिए ।
बीबीसी नेपाली सेवाका सम्पादक खरेल बीबीसी नेपाली सेवाबाट स्वेच्छिक अवकास लिई बीएफबीएस गोरखा रेडियोमा आवद्ध भएका छन् । खरेलले नेपाल फर्केर रेडियोका साथै गीतसंगीत, टेलिभिजन कार्यक्रम र तालिममा समय दिने बताए ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन