मगरात अभियानका बारेमा युकेमा छलफल

magarant

लण्डन । नेपालमा चलिरहेको मगरात अभियानलाई मगर संघ युके र बेलायतका मगरहरुले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको छ ।
मगर संघ युकेका मगरात अभियानका संयोजक तथा उपाध्यक्ष नेम थापा मगरको पहलमा अाइतबार फार्नब्राेमा भएको सो छलफलमा मगर संघ युकेका अध्यक्ष, सल्लाहकारहरु, पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
अभियानका संयोजक थापाले अहिलेसम्म युके मगर संघका तर्फबाट भइरहेको गतिविधिका बारेमा जानकारी गराएका थिए । त्यसैगरी मगर संघ युकेका पूर्व अध्यक्षहरु थर्कबहादुर राना र मेजर रिटायर्ड कुलबहादुर थापामगर तथा सल्लाहकारहरुले सुझाव दिएका थिए ।
मगर संघ युकेका अध्यक्ष दुतबहादुर पुनले सुझावका लागि धन्यवाद दिँदै उपसमितिले गरेको निर्णयलाई संघले कार्यान्वयन गर्ने बताए ।
सहभागीहरुको सुझावपछि अभियानका संयोजक थापाले मगरातका बारेमा प्रचारप्रसार र जनचेतनाको कमी महसुस गरिएकाले पत्रकार र संचारमाध्यममार्फत त्यसलाई चिर्नपर्ने बताए । त्यसका लागि नेपालमा मगर पत्रकारहरुलाई जागरुक बनाउन नेपाल मगर संघमार्फत पहल गर्ने उनले थपे ।

छलफलमा संघका सल्लाकारहरू भरत थापा, मीन दर्लामी, रमेश सराङकाेटी, याेगकुमार फगामी, विजय थापा, राम गलामी, रत्न राना, नरेश खपाङ्गीमगर, मगर संघ युकेका सदस्य जगत जर्घा र मगर संघ युके युएचएसबी ब्रान्चका उपाध्यक्ष लेख राना लगायतकाे उपस्थिति थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री