लण्डन । नेपालमा चलिरहेको मगरात अभियानलाई मगर संघ युके र बेलायतका मगरहरुले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको छ ।
मगर संघ युकेका मगरात अभियानका संयोजक तथा उपाध्यक्ष नेम थापा मगरको पहलमा अाइतबार फार्नब्राेमा भएको सो छलफलमा मगर संघ युकेका अध्यक्ष, सल्लाहकारहरु, पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
अभियानका संयोजक थापाले अहिलेसम्म युके मगर संघका तर्फबाट भइरहेको गतिविधिका बारेमा जानकारी गराएका थिए । त्यसैगरी मगर संघ युकेका पूर्व अध्यक्षहरु थर्कबहादुर राना र मेजर रिटायर्ड कुलबहादुर थापामगर तथा सल्लाहकारहरुले सुझाव दिएका थिए ।
मगर संघ युकेका अध्यक्ष दुतबहादुर पुनले सुझावका लागि धन्यवाद दिँदै उपसमितिले गरेको निर्णयलाई संघले कार्यान्वयन गर्ने बताए ।
सहभागीहरुको सुझावपछि अभियानका संयोजक थापाले मगरातका बारेमा प्रचारप्रसार र जनचेतनाको कमी महसुस गरिएकाले पत्रकार र संचारमाध्यममार्फत त्यसलाई चिर्नपर्ने बताए । त्यसका लागि नेपालमा मगर पत्रकारहरुलाई जागरुक बनाउन नेपाल मगर संघमार्फत पहल गर्ने उनले थपे ।
छलफलमा संघका सल्लाकारहरू भरत थापा, मीन दर्लामी, रमेश सराङकाेटी, याेगकुमार फगामी, विजय थापा, राम गलामी, रत्न राना, नरेश खपाङ्गीमगर, मगर संघ युकेका सदस्य जगत जर्घा र मगर संघ युके युएचएसबी ब्रान्चका उपाध्यक्ष लेख राना लगायतकाे उपस्थिति थियाे ।
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]