लन्डन । लन्डनस्थित अकाउन्टेन्ट्स एण्ड स्ट्याटुटरी अडिटर्स फर्म एफीनिटीले नेपाली व्यवसायीहरुलाई भारी छुट दिने भएको छ । संकट झेलिरहेका नेपाली व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले अकाउन्टिङ सेवामा अरु ग्राहकलाई भन्दा ५० प्रतिशत छुट दिन लागिएको फर्मका प्रिन्सिपल पार्टनर विक्रम जोशीले जनाएका छन् ।
एफीनिटीले कम्पनी रजिष्ट्रेशन, भ्याट र बुक किपिङ, पे रोल, अकाउन्ट्स, कर्पोरेट्स ट्याक्स, पर्सनल ट्याक्स, अडिट, विजनेश एनलाइसिस एवं प्लानिङ, बजेट फोरकाष्ट आदि क्षेत्रमा काम गर्दै आएको छ ।
फर्मले नयां नेपाली व्यवसायीहरुलाई समेत निशुल्क परामर्श दिने जनाएको छ । नयां व्यवसायीलाई कम्पनी स्थापना, विजनेश प्लान, तयारी, कम्पनीको विभिन्न निकायमा दर्ता प्रक्रिया, बैंक खाता खोल्न निशुल्क परामर्श र आवश्यक परे विना शुल्क अफिस भिजिट पनि गरिदिने एफीनिटीको अठोट छ । कम्पनी निर्देशकहरुको पर्सनल ट्याक्स रिटर्न निशुल्क गर्ने र ट्याक्स र अकाउन्टमा समस्या आए आइ पर्ने कानुनी खर्च आदिको व्ययभार ब्यहोर्न इन्सुरेन्स उपलव्ध गराउन समेत सघाउने त्यहां कार्यरत अकाउन्टेन्ट प्रकाश भट्टराईले जनाए ।
४० वर्ष पुरानो अमिन एण्ड कम्पनी र सन् २००४ मा स्थापित जोशी एण्ड कम्पनी मर्ज भएर सन् २०१० देखि एफीनिटी नाममा फर्मले सेवा दिइरहेको छ । फर्मका यूकेमा २३ र इन्डियामा ११२ जना कर्मचारी छन् । लन्डनस्थित हलमार्क ट्रेडिङ सेन्टर, फोर्थ वे वेम्ली अफिसमा नेपाली अकाउन्टेन्ट्स विक्रम जोशी, गौरव श्रेष्ठ र प्रकाश भट्टराई छन् जसले गर्दा नेपालीहरुलाई भाषिक अवरोध पनि पर्ने छैन् ।
कम्पनीको सम्पर्क
Affinity Associates Limited
11/12 Hallmark Trading Centre,
Fourth Way, Wembley, Middlesex HA9 0LB
T:- + 44 (0)20 8903 2077, F:- + 44 (0)20 8903 2477
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा