लण्डन । हाङपाङ समाज युकेको अध्यक्षमा पुनः विश्वराज फेयङ साँवा निर्वाचित भएका छन् ।
समाजको शनिबार लण्डनमा सम्पन्न पहिलो अधिवेसनले साँवालाई सर्वसम्मत रुपमा पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेसनले वरिष्ठ उपाध्यक्षमा यामबहादुर आङबुहाङ, उपाध्यक्षमा कवितबहादुर याक्सो, महासचिवमा टेकबहादुर खपाङ्गीमगर, सचिवमा दीपेन्द्र फेयङ, कोषाध्यक्षमा दीपेन्द्र याक्सो र सहकोषाध्यक्षमा मेदिनी फोम्बोलाई निर्वाचित गरेको छ । त्यस्तै सरला सुब्बा सदस्यमा चुनिएकी छिन् ।
अधिवेसन सम्पन्न गर्नका लागि हाङपाङ गाविसका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद याक्सोको अध्यक्षतामा नेपाल पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगर र समाजकी सल्लाहकार मीना याक्सो सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नवनिर्वाचित कार्यसमितिलाई किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष तथा समाजका संस्थापक संयोजक काजिमान याक्सो, निर्वाचन समितिका संयोजक लक्ष्मीप्रसाद याक्सोले शुभकामना दिएका थिए भने नवनिर्वाचित अध्यक्ष विश्वराज फेयङ साँवाले प्रतिवद्धता मन्तब्य व्यक्त गरेका थिए ।
यसअघि अधिवेसनको पहिलो सत्रमा महासचिव टेकबहादुर खपाङ्गीमगरले पेश गरेको साँगठानिक प्रतिवेदन र कोषाध्यक्ष दीपेन्द्र याक्सोले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
विश्वराज फेयङको अध्यक्षतामा भएको अधिवेसनमा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष यमबहादुर आङबुहाङले गरेका थिए ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता