लण्डन । हाङपाङ समाज युकेको अध्यक्षमा पुनः विश्वराज फेयङ साँवा निर्वाचित भएका छन् ।
समाजको शनिबार लण्डनमा सम्पन्न पहिलो अधिवेसनले साँवालाई सर्वसम्मत रुपमा पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेसनले वरिष्ठ उपाध्यक्षमा यामबहादुर आङबुहाङ, उपाध्यक्षमा कवितबहादुर याक्सो, महासचिवमा टेकबहादुर खपाङ्गीमगर, सचिवमा दीपेन्द्र फेयङ, कोषाध्यक्षमा दीपेन्द्र याक्सो र सहकोषाध्यक्षमा मेदिनी फोम्बोलाई निर्वाचित गरेको छ । त्यस्तै सरला सुब्बा सदस्यमा चुनिएकी छिन् ।
अधिवेसन सम्पन्न गर्नका लागि हाङपाङ गाविसका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद याक्सोको अध्यक्षतामा नेपाल पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगर र समाजकी सल्लाहकार मीना याक्सो सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नवनिर्वाचित कार्यसमितिलाई किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष तथा समाजका संस्थापक संयोजक काजिमान याक्सो, निर्वाचन समितिका संयोजक लक्ष्मीप्रसाद याक्सोले शुभकामना दिएका थिए भने नवनिर्वाचित अध्यक्ष विश्वराज फेयङ साँवाले प्रतिवद्धता मन्तब्य व्यक्त गरेका थिए ।
यसअघि अधिवेसनको पहिलो सत्रमा महासचिव टेकबहादुर खपाङ्गीमगरले पेश गरेको साँगठानिक प्रतिवेदन र कोषाध्यक्ष दीपेन्द्र याक्सोले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
विश्वराज फेयङको अध्यक्षतामा भएको अधिवेसनमा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष यमबहादुर आङबुहाङले गरेका थिए ।
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण