याङ्गन, २२ कात्तिक । म्यानमारका मतदाताले आइतबार ऐतिहासिक निर्वाचनमा मतदान गरेका छन् र यसबाट आङ साङ सु कीको प्रजातन्त्रवादी दल शासनमा पुग्ने र मुलुक सैनिक नियन्त्रणबाट बाहिर आउने अनुमान गरिएको छ ।
प्रतिपक्षी नेत्री सु कीले परम्परागत पहिरनमा याङ्गनमा मतदान गरेपछि उहाँका वरपर पत्रकारका भिड लागेको थियो । उहाँलाई समर्थकहरूले मतदान केन्द्र बनेको विद्यालयमा पुरयाएका थिए ।
धाँधली नभए सु कीको नेसनल लिग फर डेमोक्र्यासीले आफू शासनमा पुग्ने र सैनिक तानासाहसँग दशकौँ लामो सङ्घर्ष अन्त्य हुने ठानेको छ ।
यसो भए पनि नोबेल पुरस्कार प्राप्त नेत्री सु कीलाई सेनाले तयार गरेको संविधानले राष्ट्रपति बन्न दिँदैन । संसदको एक चौथाइ स्थान सेनाका लागि छुट्याइएको छ र एनएलडीले यसका लागि ठूलो सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।
‘‘आमा सु’’ की नाममा बाट परिचित उहाँ प्रजातान्त्रिक आन्दोलनका प्रमुख व्यक्तित्व हुनुहुन्छ र उहाँले आफ्नो दललाई बलियो बनाउनुभएको छ । मतदान केन्द्रमा ७४ वर्षीया सु कीले आफूले मतदान गरेको र आफ्नो कर्तव्य पूरा भएको बताउनुभयो ।
उहाँले आफूले जनताको शासन गर्ने चाहनाका लागि मतदान गरेको बताउनुभयो । म्यानमारभर त्यहाँका जनता मतदानका लागि परम्परागत पहिरनमा लाइनमा बसेको देखिएको छ ।
दक्षिणपूर्वी एसियाली मुलुक म्यानमारमा पाँच दशकसम्म सैनिक शासन सञ्चालन भएको थियो र त्यसले प्रतिपक्षलाई हिंसा र जेलका आधारमा दबाएको थियो ।
सन् २०११ मा सेनाले शासन अकस्मात् पूर्व सैनिक जनरलको नेतृत्वमा अर्धसैनिक सरकार हस्तान्तरण ग¥यो ।
यसपछि म्यानमारमा निकै सुधार भएको छ । यसले त्यहाँको अर्थतन्त्रमा सुधार भएको छ भने र निकै स्वतन्त्रा प्राप्त भएको छ । धेरै राजनीतिक बन्दीलाई रिहा गरिएको छ ।
यस निर्वाचनमा करिब तीन करोड मतदाता छन् । यी मतदाताका लगि मुलुकभर आवश्यक निर्वाचन सामग्री समयमै पु¥याउनु चुनौती बनेको थियो ।
सेना निर्वाचनमा पराजित भए उनीहरूले कसरी प्रतिक्रिया देखाउने हुन् भन्ने कुरामा धेरै मतदाता आशङ्का गर्छन् । अघिल्लो निर्वाचनमा धाँधली भएको थियो र अहिले निर्वाचन अधिकारीहरूले मतदान सरल रूपमा अगाडि बढेको बताएका छन् । निर्वाचन आयोगका एक अधिकारी विन नाइङले आफूहरूले कुनै गुनासो नपाएको बताउनुभयो ।
साँझतिर मतदान केन्द्र बन्द हुनेछ र त्यसपछि याङ्गनमा रहेको एनएलडीको मुख्यालयमा सबैको ध्यान केन्द्रित हुनेछ । मुलुकभरबाट निर्वाचनको नतिजा आउन थालेपछि ठूला स्क्रिनहरूमा अङ्कहरू देखिन थाल्नेछ । सोमबार बिहानअगाडि आधिकारिक नतिजा आउने अनुमान गरिएको छैन् ।
सन् १९९० मा एनएलडीले निर्वाचनमा भाग लिएको थियो र उसले अत्यधिक मत पाए पनि सेनाले त्यसलाई ध्यान दिएन र सु कीले त्यसपछिका २० वर्ष घरैमा बन्दीको रूपमा बिताउनुपरयो ।
म्यानमारको संविधानले विदेशी बालबालिका भएका कुनै पनि व्यक्तिलाई उच्च पदमा रहन प्रतिबन्ध लगाएकाले ७० वर्षीया सु की राष्ट्रपति बन्न पाउनुहुनेछैन । उहाँका दुई छोरा छन् र उनीहरू बेलायती नागरिक हुन् ।
सु कीले बिहीबार एनएलडीको विजयले आफूलाई राष्ट्रपतिको पदभन्दा माथि राख्ने बताउनुभएको छ ।
त्यसो त उहाँले मुलुकको सङ्घर्षरत मुसलमान जनसङ्ख्याको लागि नबोलेको भनी अन्तर्राष्ट्रिय समुदायले उहाँको आलोचना पनि गरेको छ । राखाइन प्रदेशका रोहिङ्ग्या समुदायले हाल पीडा भोगका छन् ।
हजारौँ रोहिङ्ग्यालाई मतदानबाट वञ्चित गरिएको छ र सेना र आदिवासी विद्रोहीबीच सङ्घर्ष चलेको स्थानमा मतदान भएको छैन ।
सु कीका धेरै समर्थकहरूले आइतबार पहिलोपटक मतदानमा भाग लिएका छन् ।
आफ्नै राष्ट्रपतिको उम्मेदवार उठाउन एनएलडीलाई निर्वाचनमा गएका दुई तिहाइभन्दा बढी स्थान आवश्यक पर्छ । यस दलले साना दलसँग गठबन्धन गर्नसक्छ । यस दलले सेनाको समर्थन प्राप्त युनियन सोलिड्यारिटी एण्ड डिभलपमेन्ट पार्टीसँग प्रतिस्पर्धा गरिहेको छ । अर्कोतर्फ युएसडीपीले सेनाले मनोनयन गरेको स्थानसँग मिलाएर आफ्नो राष्ट्रपतिको उम्मेदवार उठाउन एक तिहाइ स्थानमा विजय हासिल गरे पुग्छ ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता