लन्डन । ग्लोबल पोलिसी फोरम फर नेपालको प्रथम सम्मेलन २ डिसेम्बरका दिन काठमाडौंमा हुने भएको छ । विश्वका विभिन्न मुलुकमा बसोबास गरी प्राज्ञिक तथा प्रविधि क्षेत्रमा कार्यरत नेपालीहरूको सक्रियतामा ७ अक्टोबर २०१५ (२० असोज २०७२) मा फोरम गठन भएको हो ।
नेपालको दीगो विकासका लागि टेवा पुर्याउन चाहने इच्छुक व्यक्तिहरूलाई समेटेर फोरमलाई अगाडि बढाउने योजनाअनुसार संगठनको प्रथम सम्मेलन बुधबार २ डिसेम्बर २०१५ (१६ मंसीर २०७२) का दिन काठमाडौंको होटल अन्नपूर्णमा गरिने जानकारी फोरमका अध्यक्ष प्रा. डा. सूर्यप्रसाद सुबेदीले दिएका छन् ।
प्रथम सम्मेलनमा “नेपालमाथि भारतको अघोषित आर्थिक नाकाबन्दी र अन्तर्राष्ट्रिय कानूनमा नेपालका विकल्पहरू” र “नेपालको उच्च शिक्षा क्षेत्रमा राजनीतिकरणले परेको शिक्षाको गुणात्मक असर” विषयमा नेपालका बौद्धिक तथा राजनीतिकर्मीहरूसँग विशेष छलफल गरिने छ ।
नेपाललाई स्वाबलम्बी मुलुकको रुपमा विकसित गर्न आवश्यक पर्ने ज्ञान र प्रविधि जुटाउने तथा विभिन्न राष्ट्रिय महत्वका विषयहरूमा दीगो नीति निर्माणमा सहयोग पुर्याउनु फोरमको उद्देश्य छ । नेपालको समग्र विकासका लागि न्यायपूर्ण, निष्पक्ष र प्रगतिशिल नीति निर्माण तथा नेपालको सार्वभौमिकताको रक्षा तथा कानूनी राज्यको स्थापनाका लागि सहयोग गर्न प्रतिबद्ध रहेको फोरमले जनाएको छ ।
फोरमको भविष्यमा हरेक दुई वर्षमा एक पटक विश्व सम्मेलन गर्ने योजना छ । गरिबीको चपेटामा पिल्सिइरहेको नेपाललाई स्वाबलम्बी मुलुक बनाउनका लागि सेवा गर्ने उद्देश्य लिएका संगठनहरू स्वयं स्वाबलम्बी हुनु आवश्यक रहेको जनाउंदै फोरमले संस्था सञ्चालन तथा नेपालमा गरिने सम्मेलनहरू नेपाली जनतामाथि कुनै आर्थिकभार नथपी संगठनका सदस्य तथा सहृदयीहरूको आर्थिक सहयोगमा सम्पन्न गर्न फोरम प्रतिबद्ध रहेको जनाइएको छ ।
प्रा. डा. सूर्यप्रसाद सुबेदी (बेलायत) को अध्यक्षतामा गठित पाँच सदस्यीय कार्यसमितिलाई विस्तार गरी हाल नौ सदस्यीय बनाइएको छ। शुरूको पाँच सदस्यीय समितिमा प्राध्यापकहरू उपेन्द्रदेव आचार्य (संयुक्त राज्य अमेरिका), कुमुद धिताल (अष्ट्रेलिया), शिव गौतम (संयुक्त राज्य अमेरिका) र कटक मल्ल (स्वीडेन) थिए भने होममुर्ति पन्त (अष्ट्रेलिया), मल्लिका शाक्य (भारत), पदम सिंखडा (बेलायत) र विशाल सिटौला (नर्वे) हालै सो समितिमा थपिएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा