लन्डन । ग्लोबल पोलिसी फोरम फर नेपालको प्रथम सम्मेलन २ डिसेम्बरका दिन काठमाडौंमा हुने भएको छ । विश्वका विभिन्न मुलुकमा बसोबास गरी प्राज्ञिक तथा प्रविधि क्षेत्रमा कार्यरत नेपालीहरूको सक्रियतामा ७ अक्टोबर २०१५ (२० असोज २०७२) मा फोरम गठन भएको हो ।
नेपालको दीगो विकासका लागि टेवा पुर्याउन चाहने इच्छुक व्यक्तिहरूलाई समेटेर फोरमलाई अगाडि बढाउने योजनाअनुसार संगठनको प्रथम सम्मेलन बुधबार २ डिसेम्बर २०१५ (१६ मंसीर २०७२) का दिन काठमाडौंको होटल अन्नपूर्णमा गरिने जानकारी फोरमका अध्यक्ष प्रा. डा. सूर्यप्रसाद सुबेदीले दिएका छन् ।
प्रथम सम्मेलनमा “नेपालमाथि भारतको अघोषित आर्थिक नाकाबन्दी र अन्तर्राष्ट्रिय कानूनमा नेपालका विकल्पहरू” र “नेपालको उच्च शिक्षा क्षेत्रमा राजनीतिकरणले परेको शिक्षाको गुणात्मक असर” विषयमा नेपालका बौद्धिक तथा राजनीतिकर्मीहरूसँग विशेष छलफल गरिने छ ।
नेपाललाई स्वाबलम्बी मुलुकको रुपमा विकसित गर्न आवश्यक पर्ने ज्ञान र प्रविधि जुटाउने तथा विभिन्न राष्ट्रिय महत्वका विषयहरूमा दीगो नीति निर्माणमा सहयोग पुर्याउनु फोरमको उद्देश्य छ । नेपालको समग्र विकासका लागि न्यायपूर्ण, निष्पक्ष र प्रगतिशिल नीति निर्माण तथा नेपालको सार्वभौमिकताको रक्षा तथा कानूनी राज्यको स्थापनाका लागि सहयोग गर्न प्रतिबद्ध रहेको फोरमले जनाएको छ ।
फोरमको भविष्यमा हरेक दुई वर्षमा एक पटक विश्व सम्मेलन गर्ने योजना छ । गरिबीको चपेटामा पिल्सिइरहेको नेपाललाई स्वाबलम्बी मुलुक बनाउनका लागि सेवा गर्ने उद्देश्य लिएका संगठनहरू स्वयं स्वाबलम्बी हुनु आवश्यक रहेको जनाउंदै फोरमले संस्था सञ्चालन तथा नेपालमा गरिने सम्मेलनहरू नेपाली जनतामाथि कुनै आर्थिकभार नथपी संगठनका सदस्य तथा सहृदयीहरूको आर्थिक सहयोगमा सम्पन्न गर्न फोरम प्रतिबद्ध रहेको जनाइएको छ ।
प्रा. डा. सूर्यप्रसाद सुबेदी (बेलायत) को अध्यक्षतामा गठित पाँच सदस्यीय कार्यसमितिलाई विस्तार गरी हाल नौ सदस्यीय बनाइएको छ। शुरूको पाँच सदस्यीय समितिमा प्राध्यापकहरू उपेन्द्रदेव आचार्य (संयुक्त राज्य अमेरिका), कुमुद धिताल (अष्ट्रेलिया), शिव गौतम (संयुक्त राज्य अमेरिका) र कटक मल्ल (स्वीडेन) थिए भने होममुर्ति पन्त (अष्ट्रेलिया), मल्लिका शाक्य (भारत), पदम सिंखडा (बेलायत) र विशाल सिटौला (नर्वे) हालै सो समितिमा थपिएका छन् ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी