लण्डन । नेपाली साहित्य विकास परिषद यूकेको आयोजनामा १०७ औ महाकवि लक्ष्मीप्रसाद देबकोटा जयन्ती उत्साहबर्द्धक रुपमा मनाइएको छ । वेष्ट लण्डनस्थित एबीआइ कलेजमा आयोजित उक्त समारोहमा प्रमुख अतिथि कावा राजदूत तेजबहादुर क्षेत्री,परिषदका कार्यवहाक अध्यक्ष कोमल श्रेष्ठ मल्ल,परिषदका बरिष्ठ सल्लाकार डा. राघब प्रसाद धिताल ओबिइ, परिषद्का पूर्ब अध्यक्ष खगेन्द्र नेपाली बक्ताहरुले महाकवि देबकोटाको योगदानबारे चर्चा गरे । यसअघि नेपाली साहित्यमा महाकविको देनबारे साहित्यकार तथा परिषद्का पूर्ब अध्यक्ष कबि हरिसिह थापाले प्रकास पारेका थिए ।
परिषदका महासचिब डा. सुधा श्रेष्ठ र उपमहासचिब रिता गौतमले सन्चालन गरेको उक्त कार्यक्रममा परिषदका उपाध्यक्ष वीरेन्द्र कुँवरले स्वागत मन्तब्य दिएका थिए । कार्यबाहक अध्यक्ष कोमल प्र. श्रेष्ठ मल्लको सभापतित्वमा भएको उक्त समारोहको आरम्भमा पं निलकन्ठ खरेलबाट स्वस्ती बाचन भै महाकविको तस्वीरमा प्रमुख अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि एंव सहभागीहरुबाट माल्यार्पण गरेर श्रद्धा सम्मान प्रकट गरिएको थियो ।
उक्त समारोहको प्रथम चरणमा बाल कवि आगत खरेलबाट कविता बाचन सुरु भै दोश्रो चरणमा मन्जु भण्डारी खरेलबाट लिखित “प्रतिबिम्बन ” बाल निबन्ध संग्रहको पदेन संरक्षक कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री,परिषद्का कावा अध्यक्ष कोमल श्रेष्ठ मल्ल, पूर्ब अध्यक्ष खगेन्द्र नेपाली र बरिष्ठ समाजसेवी डा. राघबप्रसाद धिताल ओबिइबाट संयुक्त रुपमा विमोचन गरियो ।
समारोहमा बिमोचित “प्रतिबिम्बन” बाल निबन्ध संग्रहको समिक्षा पूर्ब अध्यक्ष खगेन्द्र नेपालीबाट भएको थियो । समारोहमा कवि कवयत्रीहरुबाट कविता वाचन गरियो । कविता वाचन गर्ने कवि कवयत्रीहरुमा बाल कबि आगत खरेल, सागर सिलवाल, हरिसिंह थापा, खगेन्द्र पाठक (नेवाप्रका ट्रष्टि अध्यक्ष ), श्रीमती रिता गौतम, बिमला गौतम, फणिन्द्र भट्टराई, मन्जु भण्डारी, कोमल प्रसाद श्रेष्ठ मल्ल, डा.सुधा श्रेष्ठ, लय प्रसाई थिए ।
कार्यक्रममा सभाहल, जलपान प्रायोजन गर्ने समाजसेवी डा. राघबप्रसाद धिताल, एबीआइ कलेजका संचालक कृष्ण भट्ट, परिषदका सहअध्यक्ष ध्रुब केसी, पूर्व अध्यक्ष हरिसिंह थापा तथा श्रीमती थापा, कोशेलीका संस्थापक अध्यक्ष मदन थापा, एभरेष्ट गौतम र वीरेन्द्र कुँवर लगायत कार्यक्रम सफल पार्न योगदान दिने सम्पूर्ण पत्रकार, समाजसेवी र साहित्यिक मनहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ