लण्डन । नेपाली साहित्य विकास परिषद यूकेको आयोजनामा १०७ औ महाकवि लक्ष्मीप्रसाद देबकोटा जयन्ती उत्साहबर्द्धक रुपमा मनाइएको छ । वेष्ट लण्डनस्थित एबीआइ कलेजमा आयोजित उक्त समारोहमा प्रमुख अतिथि कावा राजदूत तेजबहादुर क्षेत्री,परिषदका कार्यवहाक अध्यक्ष कोमल श्रेष्ठ मल्ल,परिषदका बरिष्ठ सल्लाकार डा. राघब प्रसाद धिताल ओबिइ, परिषद्का पूर्ब अध्यक्ष खगेन्द्र नेपाली बक्ताहरुले महाकवि देबकोटाको योगदानबारे चर्चा गरे । यसअघि नेपाली साहित्यमा महाकविको देनबारे साहित्यकार तथा परिषद्का पूर्ब अध्यक्ष कबि हरिसिह थापाले प्रकास पारेका थिए ।
परिषदका महासचिब डा. सुधा श्रेष्ठ र उपमहासचिब रिता गौतमले सन्चालन गरेको उक्त कार्यक्रममा परिषदका उपाध्यक्ष वीरेन्द्र कुँवरले स्वागत मन्तब्य दिएका थिए । कार्यबाहक अध्यक्ष कोमल प्र. श्रेष्ठ मल्लको सभापतित्वमा भएको उक्त समारोहको आरम्भमा पं निलकन्ठ खरेलबाट स्वस्ती बाचन भै महाकविको तस्वीरमा प्रमुख अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि एंव सहभागीहरुबाट माल्यार्पण गरेर श्रद्धा सम्मान प्रकट गरिएको थियो ।
उक्त समारोहको प्रथम चरणमा बाल कवि आगत खरेलबाट कविता बाचन सुरु भै दोश्रो चरणमा मन्जु भण्डारी खरेलबाट लिखित “प्रतिबिम्बन ” बाल निबन्ध संग्रहको पदेन संरक्षक कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री,परिषद्का कावा अध्यक्ष कोमल श्रेष्ठ मल्ल, पूर्ब अध्यक्ष खगेन्द्र नेपाली र बरिष्ठ समाजसेवी डा. राघबप्रसाद धिताल ओबिइबाट संयुक्त रुपमा विमोचन गरियो ।
समारोहमा बिमोचित “प्रतिबिम्बन” बाल निबन्ध संग्रहको समिक्षा पूर्ब अध्यक्ष खगेन्द्र नेपालीबाट भएको थियो । समारोहमा कवि कवयत्रीहरुबाट कविता वाचन गरियो । कविता वाचन गर्ने कवि कवयत्रीहरुमा बाल कबि आगत खरेल, सागर सिलवाल, हरिसिंह थापा, खगेन्द्र पाठक (नेवाप्रका ट्रष्टि अध्यक्ष ), श्रीमती रिता गौतम, बिमला गौतम, फणिन्द्र भट्टराई, मन्जु भण्डारी, कोमल प्रसाद श्रेष्ठ मल्ल, डा.सुधा श्रेष्ठ, लय प्रसाई थिए ।
कार्यक्रममा सभाहल, जलपान प्रायोजन गर्ने समाजसेवी डा. राघबप्रसाद धिताल, एबीआइ कलेजका संचालक कृष्ण भट्ट, परिषदका सहअध्यक्ष ध्रुब केसी, पूर्व अध्यक्ष हरिसिंह थापा तथा श्रीमती थापा, कोशेलीका संस्थापक अध्यक्ष मदन थापा, एभरेष्ट गौतम र वीरेन्द्र कुँवर लगायत कार्यक्रम सफल पार्न योगदान दिने सम्पूर्ण पत्रकार, समाजसेवी र साहित्यिक मनहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग