लन्डन । एउटा फर्जी पत्र काण्डमा नेपाल पत्रकार महासंघ, बेलायत शाखा अध्यक्ष एवं नागरिक दैनिकका लागि लन्डनस्थित संवाददाता चिरन शर्माको संलग्नता रहेको छानवीन प्रतिवेदनले निष्कर्ष निकालेको छ । अध्यक्ष शर्माकै निर्देशनमा शाखाका महासचिव श्याम लुईंटेलले गरेको छानवीन प्रतिवेदनले शर्माको संलग्नता पुष्टि गर्दै नैतिकताको आधारमा तत्काल राजिनामा दिएर संस्थाको साख जोगाउन सुझाव दिएको छ ।
‘फर्जी पत्र प्रकरणमा नेपाल पत्रकार महासंघ बेलायत र यसका अध्यक्ष मुछिनुभएकाले संस्थाको साख जोगाउन कार्यसमिति र शाखाका सदस्यहरुले आवश्यक कदम लिन अपरिहार्य देखिन्छ । कार्यसमितिको बैठक चांडोभन्दा चांडो डाकी यसबारेमा निर्णय लिन सुझाव दिन्छु । साथै अध्यक्ष शर्माले आफूमाथि लगाइएको आरोप यदि निराधार हो भने सोको प्रमाण तत्काल पेश गर्नुपर्नेछ । अन्यथा छानवीनलाई व्यापक बनाइ सहयोग गर्न र संस्थाको गरिमा, प्रतिष्ठा र मर्यादा गुम्न नदिन पदबाट तत्काल राजिनामा दिनुपर्दछ’, प्रतिवेदनले भनेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट नेपाली जनसम्पर्क समिति, बेलायतका नाममा पठाइएको पत्र ‘फर्जी’ भएको र त्यसमा अध्यक्ष शर्माको प्रत्यक्ष संलग्नता रहेको समाचार प्रकाशित भएपछि यस सम्वन्धमा छानवीन शुरु भएको थियो । शर्माले लन्डनस्थित आफ्नो वेवसाइट नेपाल ब्रिटेन डटकमको इमेलबाट फर्जी पत्र पठाएको दावीसहित नेपाली जनसम्पर्क समिति, बेलायतको बैठकमै उनीविरुद्ध कारवाही अगाडि बढाउने निर्णय भएको थियो ।
औपचारिक नगरि कार्यसमितिमाझ मात्र बांडिएको प्रतिवेदनमा नेपाली कांग्रेस केन्द्रीय समन्वय विभाग सदस्य विज्ञान प्रसाईंको भिडियो, हस्तलिखित समाचार, महामन्त्री शिव तिमिल्सिना र उपाध्यक्ष युवराज गुरुङसितको अडियो रेकर्ड, विभिन्न समयमा आदानप्रदान गरिएका इमेलहरुबाट अध्यक्ष शर्मा फर्जी पत्र प्रकरणमा जानकार र संलग्नता पुष्टि रहेको दावी गरिएको छ । प्रसाईंले भिडियो र अन्य समाचारहरुमा नामै तोकेर अध्यक्ष शर्मामाथि कीर्ते पत्र बनाएको संगीन आरोप लगाउंदा समेत शर्माले खण्डन गर्ने हिम्मत नगर्नु र उल्टो प्रसाईंसंग मिल्ने कुरा गर्नुले उनको संलग्नता पुष्टी गर्न थप बल पुगेको प्रतिवेदनमा उल्लेख छ । शर्माले ‘म नेपाल ब्रिटेन डटकम वेवसाइटमा विगत ६ महिनादेखि संलग्न छैन्’ भनेपनि उक्त साइटको सञ्चालक समितिमा रहेकामध्ये एक समाजसेवी कुल आचार्यसंग टेलिफोनमा कुरा गर्दा ‘चिरन शर्माले नै नेपाल ब्रिटेन डट कममा काम गरिरहेको’ बताएको प्रतिवेदनमा उल्लेख छ ।
सानातिना असहमतिबीच पनि विवादरहित बनेको नेपाल पत्रकार महासंघ बेलायतमाथि अध्यक्ष शर्माकै गतिविधिका कारण पहिलोपटक सार्वजनिक रुपमा प्रश्न उठ्नु विडम्बनापूर्ण रहेको प्रतिवेदनमा छ ।
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
राधिका (टिका) गुरुङले एनआरएनए महिला उपाध्यक्षमा पदमा उम्मेदवारी दिनुहुने
मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह