शुक्रबार, मंसिर १७ २०७८ | Fri, December 03, 2021
नेपालको समय: ०४:५८ | UK Time: 23:13

बेलायती राजदूत पुगे काठमाण्डौं

वीनेपाली
२०७२ कार्तिक १७ गते २३:५२

Richard-Morris

लन्डन । नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत रिचर्ड मरिस आफ्नो कार्यभार सम्हाल्न मंगलबार अपराह्न काठमाण्डौं पुगेका छन् ।

राजदूत मरिसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नायब शिष्टाचार महापाल राजाराम बर्तौलाले स्वागत गरेका थिए ।

राजदूत मरिसले निकट भविष्यमा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने नायब शिष्टाचार महापाल बर्तौलाले राससलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक