
काठमाडौँ, १७ कात्तिक । एकीकृत नेकपा(माओवादी)का ४० केन्द्रीय नेताले नयाँ शक्ति निर्माणसम्बन्धी बहसमा भाग लिनका लागि पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
एमाओवादीका नेता देवेन्द्र पौडेलको नेतृत्वमा गएका नेताहरुले पार्टी कार्यालयका मुख्यसचिव हितराज पाण्डेमार्फत अध्यक्ष पुष्पकमल दाहाललाई सो निवेदन दर्ता गराएका हुन् । तराई मधेसको समस्या समाधान नगरी संविधान जारी गरिएको र विगतदेखि नै पार्टीभित्र आफूहरुले उठाएको विषयलाई पार्टी नेतृत्वले ध्यान नदिएको भन्दै नयाँ शक्ति निर्माणको बहसमा सामेल भएको नेता पौडेलले जानकारी दिनुभयो ।
आफूहरुले तत्काल पार्टी भने नछाडेको जानकारी दिँदै उहाँले बहसमा भाग लिन पाऔँ भनेर मात्र निवेदन दर्ता गराएको राससलाई जानकारी दिनुभयो ।
राजीनामा नै हो– यादव
नेता रामरिझन यादवले भने आफूहरुले एमाओवादी परित्याग गरेको जानकारी दिनुभयो । उहाँले एमाओवादीको केन्द्रीय समितिमा रहेका ४५ जनाले सामूहिक रुपमा राजीनामा दिएको र आजदेखि एमाओवादीमा नरहेको बताउनुभयो । नयाँ संविधान जारी भएलगत्तै एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणमा लाग्ने बताउँदै पार्टी परित्याग गर्नुभएको थियो । आज निवदेन बुझाउने नेताहरुले पनि उहाँले निर्माण गर्ने नयाँ शक्तिमा सामेल हुने बताउँदै आउनुभएको छ ।
‘‘एमाओवादीको साधारण सदस्य समेत परित्याग गरेका छौँ, पार्टीले तराई मधेसका विषयमा प्रस्ट अवधारणा ल्याउन सकेन, सबै पक्षको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा पार्टी नेतृत्व नेकपा(एमाले)सँग लहसियो”– यादवले भन्न्ुभयो ।
एमाओवादी परित्याग गरेको बताउनेमा हिसिला यमी, रामचन्द्र झा, रामकुमार शर्मा खिमलाल देवकोटा, देवेन्द्र पराजुली, कल्पना धमला, कुमार पौडेल, गङ्गानारायण श्रेष्ठ, राजेन्द्र किरातीलगायत ४५ जना हुनुहुन्छ । तर नेता प्रभु साहले भने आफू सो समूहमा नरहेको बताउनुभएको छ । पार्टी परित्याग गरेको बताउनेमा सांसद भने कोही पनि छैनन् ।
एमाओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव पाण्डेले भने बहसमा भाग लिन पाऔँँ भन्दै अध्यक्षलाई सम्बोधन गरेर निवेदन दर्ता गराइएको जानकारी दिनुभयो ।
मुलुक भारतको अघोषित नाकाबन्दीका कारण समस्यामा परेको बेला पार्टीलाई एकीकृत बनाएर अगाडि जानुपर्नेमा डा बाबुराम भट्टराई पक्षीय नेता भन्दै निवेदन दर्ता गराउनु र बहसमा भाग लिन पाऔँ भन्नु गलत भएको उहाँले बताउनुभयो ।
निवेदनमा उल्लेख गरिएको विषयमा बारेमा भने आफूले अध्ययन गर्न नपाएको उहाँले राससलाई जानकारी दिनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा