लन्डन । गुल्ली जिल्ला समाज यूकेले विश्व अपांग दिवसका अवसरमा च्यारिटी डिनर गर्ने भएको छ ।
समाजका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा गोर्खाज् रेष्टुरेन्ट, सिन्डममा आइतबार १ नोभेम्बरमा सम्पन्न बैठकले आगामी डिसेम्बर ६, आइतबार च्यारिटी डिनर गर्ने निर्णय गरेको हो । कार्यक्रम LIVESEY Memorial Hall, सिन्डममा गर्ने तय भएको छ ।
बैठकले च्यारिटी सफल बनाउन समाजका सल्लाहकार बालजंग अर्याललाई संयोजक तोकेको छ । नेपालका असहाय तथा अनाथको सहयोगार्थ हुने उक्त च्यारिटीमा डिनरसहित सांस्कृतिक कार्यक्रम हुनेछ ।
समाजले च्यारिटी डिनरमा सहभागी भएर सहयोग गरिदिन बेलायतवासी सबैमा
अनुरोध गरेको छ ।
महासचिव राम गलामीले सञ्चालन गरेको बैठकमा संस्थापक अध्यक्ष ओमप्रसाद थापा, सल्लाहकारहरु, पदाधिकारीहरु एवं कार्यसमिति सदस्यहरुको उपस्थिति थियो ।
उक्त अवसरमा आफ्नो चार वर्षे कार्यकाल सकेर छिट्टै नेपाल फर्कन लागेका गुल्मीवासी नेपाली दूतावासका थर्ड सेक्रेटरी सूर्य थापालाई समाजले औपचारिक विदाइ गरेको छ । समाजका सचिव शिव भण्डारीले सञ्चालन गरेको विदाइ कार्यक्रममा अध्यक्ष अर्जुन गौतम, महासचिव राम गलामी लगायत पदाधिकारीले थापालाई पुष्पगच्छा र खादा लगाएर विदाइ गरेका थिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने