लन्डन । बेलायतमा इन्डियन रेष्टुरेन्ट गनिनसक्नु छन् । चालु हजारौं इन्डियन रेष्टुरेन्टका आफ्नै विशेषता छ । त्यही पंक्तिमा नेपालीले सञ्चालन गरेको ‘बिनोभा रेष्टुरेन्ट एण्ड बार’ धेरै कोणबाट पृथक देखिएको छ ।
औपचारिक उद्घाटन हुन बांकी रहेपनि खुलेको महिना दिन नबित्दै स्ट्यानमोरस्थित बिनोभाले बेग्लै प्रतिष्ठा बटुलेको छ । यसको नामै अनौठो छ । यस रेष्टुरेन्टको नौलोपन स्वागतद्वारबाटै शुरु हुन्छ । प्रवेशद्वारमा करिब दर्जन भाषामा लेखिएको ‘स्वागतम’ ले हरेक ग्राहकलाई अपनत्व प्रदान गर्ने नै भयो । स्टाफ पनि इटालियन, इन्डियन, नेपाली, बंगाली आदि मुलुकका छन् ।
ग्राहक छिर्ने वित्तिकै वेटर, वेट्रेसले अफर गर्छन् निशुल्क वेलकम ड्रिंक्स् । स्टार्टर आइपुग्दा नपुग्दै एम्युज बुस आइपुग्छ । त्यसपछि ग्राहकले मेन कोर्स मगाइन्जेलको ग्यापमा लस्सी आइपुग्छ टेबुलमा । मेन कोर्स खाइसकेपछि डिजर्ट अर्डर गर्नुपूर्व फेरि दिइन्छ सोर्भे । ‘ग्राहक रेष्टुरेन्ट छिरिसकेपछि उनीहरुलाई उचित वातावरणमा भरपुर सन्तुष्टि दिलाउनु हाम्रो मुख्य उद्देश्य हो’, रेष्टुरेन्टका म्यानेजर प्रमित अधिकारी भन्छन् । गुणस्तरिय सेवा दिइने भएपनि मेनु भने महंगो नभई कम्पिटेटिभ भएको अधिकारीले बताए । बार टेन्डर, सेफ र बाहिर काम गर्ने कर्मचारी अनुभवी भएकाले सेवामा कुनै सम्झौता नगरिने रेष्टुरेन्टको दावी छ ।
रेष्टुरेन्टको ‘डेकोरेसन’ ले नै आकर्षित गर्छ ग्राहकलाई । १२० सिट क्षमताको रेष्टुरेन्टलाई ६० सिटमा सिमित गरिएको छ, कारण ग्राहकलाई पर्याप्त ‘स्पेस’ दिलाउन । स्ट्यानमोर जस्तो ‘पोस’ एरियामा रेष्टुरेन्ट भएकाले पनि यसले आशातित व्यापार गर्नेमा आशावादी छन् प्रवन्ध निर्देशक विक्रम जोशी । रेष्टुरेन्टमा कुनै सभा समारोह गर्न परे हल समेत उपलव्ध हुने जोशीले जनाए । ‘नेपालीले पनि रेष्टुरेन्ट व्यवसायमा बेग्लै छाप छोड्न सक्छन् भन्ने प्रमाणित गर्नुछ’, जोशी चुनौती सुनाउंदै थिए ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी