लन्डन । गायिका अन्जु पन्त आफैंले मोडलिङ गरेको एउटा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पत्रकार नृपेश उप्रेतीले लेखेको ‘जुनी जुनी…’ बोलको गीतमा बनाइएको म्यूजिक भिडियो नेपालमा टिभी च्यानल, यूट्युव, रेडियो, एफएममार्फत बिहीबार सार्वजनिक भएको हो ।
आफ्ना गीतको भिडियोमा कमै देखिने अन्जुले यसअघिका सबै प्रस्ताव अस्वीकार गरेपनि यस गीतमा भने लन्डन आएका बेला अभिनय गरेकी थिइन् । पत्रकार उप्रेतीको बजारमा आउंदै गरेको एल्बम ‘खुशी’ को उक्त गीतमा अर्जुन पोखरेलको संगीत छ ।
लन्डनका स्थापित सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशन रहेको उक्त भिडियोमा अन्जुका दृश्यहरु लन्डनको चर्चित लोकेशनहरु वेष्ट मिनिस्टर, लन्डन आइ, टावर ब्रीज, थेम्स् नदी वरपर खिचिएको छ । भिडियोमा लन्डनकी चर्चित डिजाइनर अन्जली केसीको आकर्षक डिजाइनर ड्रेसहरुमा अन्जुलाई देख्न सकिन्छ । गीतको छायांकनमा कुनै सम्झौता नगरेकाले भिडियो राम्रो बनेको खुशी एल्बमकी निर्मात्री सोबिता उप्रेती बताउंछिन् । भिडियोमा कृष्ण सुवेदीको सह निर्देशन छ ।
म्यूजिक भिडियोमा अन्जु संगै बिदुर आधिकारी र सारा समानान्तर भूमिकामा देखिएका छन् । गायिका अन्जुले आफूले गाउने गीतहरु भन्दा अलि फरक शैलीको गीत भएको, अलि फास्ट बिटको, पार्टीहरुमा पनि चल्ने र आफ्ना लागि अलिक नयांपन भएकाले आफैंले मोडलिङ गरेको जनाएकी छिन् ।
चर्चित गायकद्वय शिव परियार र प्रमोद खरेललाई पहिलो पटक एकसाथ लिइ आफ्नो पहिलो गजल ल्याएर चर्चामा आएका गीतकार उप्रेतीको यो दोश्रो भिडियो हो । शब्द, संगीत र गायनका हिसाबले यो गीत अब्बल र भिडियो पनि सोचे भन्दा राम्रो बनेको दाबी गर्ने नृपेश यस गीतबाट निकै आशावादी छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ