लन्डन । गायिका अन्जु पन्त आफैंले मोडलिङ गरेको एउटा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पत्रकार नृपेश उप्रेतीले लेखेको ‘जुनी जुनी…’ बोलको गीतमा बनाइएको म्यूजिक भिडियो नेपालमा टिभी च्यानल, यूट्युव, रेडियो, एफएममार्फत बिहीबार सार्वजनिक भएको हो ।
आफ्ना गीतको भिडियोमा कमै देखिने अन्जुले यसअघिका सबै प्रस्ताव अस्वीकार गरेपनि यस गीतमा भने लन्डन आएका बेला अभिनय गरेकी थिइन् । पत्रकार उप्रेतीको बजारमा आउंदै गरेको एल्बम ‘खुशी’ को उक्त गीतमा अर्जुन पोखरेलको संगीत छ ।
लन्डनका स्थापित सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशन रहेको उक्त भिडियोमा अन्जुका दृश्यहरु लन्डनको चर्चित लोकेशनहरु वेष्ट मिनिस्टर, लन्डन आइ, टावर ब्रीज, थेम्स् नदी वरपर खिचिएको छ । भिडियोमा लन्डनकी चर्चित डिजाइनर अन्जली केसीको आकर्षक डिजाइनर ड्रेसहरुमा अन्जुलाई देख्न सकिन्छ । गीतको छायांकनमा कुनै सम्झौता नगरेकाले भिडियो राम्रो बनेको खुशी एल्बमकी निर्मात्री सोबिता उप्रेती बताउंछिन् । भिडियोमा कृष्ण सुवेदीको सह निर्देशन छ ।
म्यूजिक भिडियोमा अन्जु संगै बिदुर आधिकारी र सारा समानान्तर भूमिकामा देखिएका छन् । गायिका अन्जुले आफूले गाउने गीतहरु भन्दा अलि फरक शैलीको गीत भएको, अलि फास्ट बिटको, पार्टीहरुमा पनि चल्ने र आफ्ना लागि अलिक नयांपन भएकाले आफैंले मोडलिङ गरेको जनाएकी छिन् ।
चर्चित गायकद्वय शिव परियार र प्रमोद खरेललाई पहिलो पटक एकसाथ लिइ आफ्नो पहिलो गजल ल्याएर चर्चामा आएका गीतकार उप्रेतीको यो दोश्रो भिडियो हो । शब्द, संगीत र गायनका हिसाबले यो गीत अब्बल र भिडियो पनि सोचे भन्दा राम्रो बनेको दाबी गर्ने नृपेश यस गीतबाट निकै आशावादी छन् ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार