बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: २०:४४ | UK Time: 15:59

फर्जी पत्र नेपाल ब्रिटेन डटकमबाट चिरन शर्माले पठाएको पाइयोः प्रसाईं (भिडियोसहित)

वीनेपाली
२०७२ कार्तिक १२ गते १९:०४

लन्डन । नेपाली जनसम्पर्क समिति समन्वय विभाग सदस्य एवं एकीकृत समितिका संयोजक विज्ञान प्रसाईंले कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीको हस्ताक्षरसहित बनाइएको फर्जी पत्र नेपाल ब्रिटेन डटकमबाट आएको दावी गरेका छन् । लन्डन नेपाल न्यूज डटकमका प्रधान सम्पादक शिव भण्डारीसंग कुरा 
गर्दै प्रसाईंले इमेल ‘सर्कुलेट’ गर्ने व्यक्तिहरुले फर्जी पत्र नेपाल ब्रिटेन डटकमको इमेलबाट नेपाल पत्रकार महासंघ, बेलायतका अध्यक्ष चिरन शर्माले पठाएको बताएको उल्लेख गरे ।

 

इमेल आदानप्रदान र सोधपुछका क्रममा नेपाल ब्रिटेन डटकमबाट पत्र आएको पाइएपछि शर्मालाई पटक पटक सम्पर्क गर्न खोज्दा उनी जवाफ नदिइ भागिरहेको पनि प्रसाईंको जिकिर छ । प्रसाईंले अन्तर्वार्तामा भनेका छन्, ‘एक दुई पटक भए नेपाली भनेर माफ गर्न सकिन्थ्यो । तर, धेरै पटक यस्तो काम गरेकाले यसपटक बेलायतको कानुन अनुसार कानुनी दायरामा ल्याएर छिनोफानो गरिनेछ ।’

 

समाज भांड्ने र विकृति फैलाउने कार्य निरुत्साहित गर्न पनि कानुनी कारवाही जरुरी रहेको प्रसाईंले जोड दिएका छन् ।

फर्जी पत्र सम्वन्धमा नेपाल पत्रकार महासंघ, बेलायत शाखाका महासचिव श्याम लुईंटेलले छानवीन गरिरहेको शाखाले जनाएको छ । सम्भवतः आगामी सातासम्ममा यसको प्रतिवेदन सार्वजनिक भइसक्नेछ । शर्माले शाखाले आन्तरिक छानवीन गरिरहेकाले अहिले केही नबोल्ने बताएका छन् ।

फर्जी भनिएको पत्रमा रुख चिन्ह (लोगो) काटिएको देखिन्छ

letter

 

इमेल आफैं बोल्छ

 

12179754_10153704622701197_2065472698_n

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक