लण्डन । बेलायत तथा युरोप भ्रमणमा रहेका कलाकार आकाश बाबु खवासलाई स्वागत तथा सम्मान गरिएको छ ।
दशैंको अवसर पारेर गोर्खा क्लब प्लमस्टिडमा आयोजना गरिएको दशैं विशेष कार्यक्रममा आकाशसँगै श्रीमती जमुना प्रधान र मिस यूके नेपाल २०१३ की फष्ट रनर अप सुमी श्रेष्ठलाई ईनास (अन्तर्राष्ट्रिय कलाकार संघ) यूरोपका संरक्षक मनिष कुमार श्रेष्ठले स्वागत तथा सम्मान गरेका थिए ।
टेलिचलचित्र दुई थोपा आँसुबाट अभिनय यात्रा शुरु गरेका आकाश बाबुले दर्जनौं नेपाली चलचित्रमा खलपात्र भई अभिनय गरिसकेका छन् जसमा सुरज सुब्बा नाल्बोद्वारा निर्देशित बाटो मुनिको फूल र आकाश अधिकारीद्वारा निर्देशित काठमाडौं अत्यधिक सफल चलचित्र हुन् ।
आकाशले एक साउथ इण्डियन चलचित्रमा समेत अभिनय गरेका छन् जुन यसै वर्ष रिलिज भएको छ । यूरोप भ्रमण पारिवारिक रहेता पनि नेपाली चलचित्रको सम्भावना र विकासको बारेमा बुझ्ने र ईनास यूरोपका पदाधिकारीहरुसँग भेट्ने योजना रहेको उनले बताए ।
रियल इस्टेट व्यवसायी आकाश बाबु नेपाली चलचित्रसँगै ईनास नेपाल च्याप्टर र नेपाल चलचित्र कलाकार संघमा कोषाध्यक्षका रुपमा सक्रिय छन् ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी