पत्रकार गुरूङकाे निधनले पत्रकार महासंघ स्तब्ध

11745519_10205046503824643_4925826243691227533_n-2
लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले एभरेष्ट टाइम्स साप्ताहिकको अनलाइन संस्करण एभरेष्ट टाइम्स डटनेटमा कार्यरत पत्रकार हरिमान गुरूङको असामयिक निधनले अाफू स्तब्ध भएको जनाएको छ ।
शाखाका तर्फबाट महासचिव श्याम लुइँटेलले अाज एक शोक बक्तब्य जारी गर्दै अत्यन्त मिलनसार, मृदुभाषी र बहुप्रतिभाका धनी गुरुङको निधनबाट एभरेष्ट टाइम्स परिवार तथा युकेको नेपाली पत्रकारिता क्षेत्रमा क्षति पुगेको बताएका छन् ।
वक्तब्यमा शोकको घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै स्वर्गीय गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री