लण्डन । एक्सेस फाइनान्सियल सर्भिसेजले बेलायतस्थित नेपाली समुदायलाई लक्षीत गरी मोर्गेज (घरकर्जा), ट्याक्स (कर), विल (इच्छापत्र) आदिका बारेमा विज्ञबाट निशुल्क परामर्श दिनेभएको छ ।
नेपालीहरुको घना बसोबास रहेको फार्नब्रो र ह्यारो क्षेत्रमा निशुल्क सेमिनार आयोजना गरिएको छ ।
फार्नब्रोस्थित फार्नब्रो कम्युनिटी हलमा यही नोभेम्बर ८ तारिखमा दिउँसो १ बजेदेखि ४ बजेसम्म हुने सो सेमिनारमा एसएनपी प्लसका ट्याक्स कन्सल्ट्याण्ट समिररनाथ प्याकुरेलले ट्याक्सका बारेमा, ब्यालेन्स कन्सल्ट्यान्सीका सन्दीप साहले विल र स्टेट प्लानिंगका बारेमा, सेठी पार्टनरसिपका सोलिसिटर हितेस साहले कन्भेयान्सिंगका बारेमा, टीएम डेभलपमेण्ट एसोसिएटस्का एन्थनी मुण्डेले व्यापार अभिवृद्धिका बारेमा तथा फाइनान्सियल एडभाजर मिन दर्लामीले मोर्गेज र फाइनान्सका बारेमा परामर्श दिने सेमिनारका संयोजक रमेशसिंह सरांगकोटीले जानकारी दिए ।
सो सेमिनार २२ नोभेम्बरका दिन दिउँसो १ बजेदेखि चारबजेसम्म लण्डनको ह्यारो बोरो फुटबल क्लवमा पनि हुँदैछ ।
सेमिनारपछि सहभागीहरुले विज्ञसित व्यक्तिगत रुपमा सल्लाह पनि लिन सक्ने सुविधा उपलब्ध गराइएको छ । सेमिनारमा भाग लिन चाहने इच्छुक व्यक्तिहरुले फार्नबोरोका लागि १ नोभेम्बर र साउथ ह्यारोका लागि १५ नोभेम्बरभित्र नाम दर्ता गर्न आयोजकले अनुरोध गरेका छन् ।
नेपाली समुदायलाई सचेत बनाउनका लागि यस्तो सेमिनार आयोजना गरिएको एक्सेस फाइनान्सियल सर्भिसजका मीन दर्लामीले बताए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित