लण्डन । एक्सेस फाइनान्सियल सर्भिसेजले बेलायतस्थित नेपाली समुदायलाई लक्षीत गरी मोर्गेज (घरकर्जा), ट्याक्स (कर), विल (इच्छापत्र) आदिका बारेमा विज्ञबाट निशुल्क परामर्श दिनेभएको छ ।
नेपालीहरुको घना बसोबास रहेको फार्नब्रो र ह्यारो क्षेत्रमा निशुल्क सेमिनार आयोजना गरिएको छ ।
फार्नब्रोस्थित फार्नब्रो कम्युनिटी हलमा यही नोभेम्बर ८ तारिखमा दिउँसो १ बजेदेखि ४ बजेसम्म हुने सो सेमिनारमा एसएनपी प्लसका ट्याक्स कन्सल्ट्याण्ट समिररनाथ प्याकुरेलले ट्याक्सका बारेमा, ब्यालेन्स कन्सल्ट्यान्सीका सन्दीप साहले विल र स्टेट प्लानिंगका बारेमा, सेठी पार्टनरसिपका सोलिसिटर हितेस साहले कन्भेयान्सिंगका बारेमा, टीएम डेभलपमेण्ट एसोसिएटस्का एन्थनी मुण्डेले व्यापार अभिवृद्धिका बारेमा तथा फाइनान्सियल एडभाजर मिन दर्लामीले मोर्गेज र फाइनान्सका बारेमा परामर्श दिने सेमिनारका संयोजक रमेशसिंह सरांगकोटीले जानकारी दिए ।
सो सेमिनार २२ नोभेम्बरका दिन दिउँसो १ बजेदेखि चारबजेसम्म लण्डनको ह्यारो बोरो फुटबल क्लवमा पनि हुँदैछ ।
सेमिनारपछि सहभागीहरुले विज्ञसित व्यक्तिगत रुपमा सल्लाह पनि लिन सक्ने सुविधा उपलब्ध गराइएको छ । सेमिनारमा भाग लिन चाहने इच्छुक व्यक्तिहरुले फार्नबोरोका लागि १ नोभेम्बर र साउथ ह्यारोका लागि १५ नोभेम्बरभित्र नाम दर्ता गर्न आयोजकले अनुरोध गरेका छन् ।
नेपाली समुदायलाई सचेत बनाउनका लागि यस्तो सेमिनार आयोजना गरिएको एक्सेस फाइनान्सियल सर्भिसजका मीन दर्लामीले बताए ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता