लन्डन । शनिवारदेखि हराइरहेका फोटो पत्रकार हरिमान गुरुङ मृत भेटिएका छन् । बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स् साप्ताहिकको अनलाइन संस्करणका लागि भिडियो तथा फोटो खिच्ने उनी हुक र बेजिङस्टोक बीचको झाडीमा सोमबार मृत अवस्थामा भेटिएको धम्पुस परिवार यूके महासचिव कुमार गुरुङले वी नेपालीलाई जनाए ।
‘हरिमान भाइको शव उनलाई खोज्न गएको टोलीले भेटेको खवर छ । उनी घुंडा टेकेको अवस्थामा रहेछन् । घांटीमा रसी भएपनि झुण्डिएको अवस्थामा थिएनन् । नजिक रुख पनि छैन् र हतियार पनि । शरीर मैदानमा लडेको रहेछ’, आश्चर्यजनक मृत्युबारे धम्पुस परिवार यूके महासचिव गुरुङले वीनेपालीसंग भने ।
शनिवार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा वडा नम्बर ६ फिल्म हेरेर राती ९.४५ तिर हलबाट निस्किएका उनी त्यसयता सम्पर्कमा नआएपछि परिवारले आइतबार अल्डरसट प्रहरीमा उजुरी गरेको थियो ।
शव भेटिएपछि खोजीकर्ताले तत्काल प्रहरी र घर परिवारलाई खवर गरेका थिए । त्यसलगत्तै प्रहरीका तीनवटा गाडी गएर अनुसन्धान थालेको र पोष्टमोर्टमपछि मृत्युको वास्तविक कारण थाहा हुने जनाइएको छ । उनको गाडी हुक र बेजिङस्टोक जाने बाटोको जंगलमा भेटिएको थियो । गाडीभित्र क्यामेरा पनि थियो । गाडी पार्क भइरहेको ठाउंबाट एकसय मिटर पर शव फेला परेको समाचारमा उल्लेख छ ।
गुरुङको देहवसानले परिवार र साथीभाई चिन्तित छन् । सन् २००६ मा हङकङबाट यूके आएका कास्कीको धम्पुस निवासी हरिमान श्रीमति सुनिता गुरुङ र दुई छोरीका साथ अल्डरसट बस्दै आएका थिए । उनी ज्यादै मिजासिलो, सोझो, सहयोगी र आंखामा हाले पनि नबिजाउने खालको रहेको सहकर्मी फोटो पत्रकार मिलन तमुले वी नेपालीलाई जनाए । ‘शनिवार म काममा भएकाले तमु पेल्यू संघ यूकेको कार्यक्रमको फोटो खिच्न जानु है भनेको होइन आज म मेरो परिवारलाई समय दिन्छु भनेर गएनन्’, आंखाबाट आंसु झार्दै तमुले भने, ‘वकिङमा दशैं मान्न संगै गयौं, बडा नम्बर ६ फिल्म पनि संगै हेरेको साथी यस संसारबाट एक्कासी विदा भएको सुन्नुपर्दा विश्वास नै गर्न सकेको छैन् ।’
हरिमानको गीत संगीतप्रति रुची थियो । बेलायतमा हुने विभिन्न कार्यक्रममा गीत गाउने गरेका उनले लेखेका गीतहरुको संगालो ‘लाएको माया’ एल्बम बजारमा आइसकेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा