लन्डन । बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स् साप्ताहिकको अनलाइन संस्करणका लागि भिडियो तथा फोटो खिच्ने पत्रकार हरिमान गुरुङ गत शनिवार
राती देखि सम्पर्कविहीन भएका छन् । शनिवार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा वडा नम्बर ६ फिल्म हेरेर राती ९.४५ तिर हलबाट निस्किएका उनी त्यसयता सम्पर्कमा नआएपछि परिवारले आइतबार अल्डरसट प्रहरीमा उजुरी गरेको छ ।
उनको गाडी भने हुक र बेजिङस्टोक बीच पर्ने जंगलमा भेटिएको छ ।
गुरुङको अज्ञात अवस्थाले परिवार चिन्तित छ । उनी श्रीमति सुनिता गुरुङ र दुई छोरीका साथ अल्डरसट बस्दै आएका थिए । सन् २००६ मा हङकङबाट यूके आएका हरिमान ज्यादै मिजासिलो र कहिल्यै पेय पदार्थ नपिउने बानी भएको पत्रिकामै काम गर्ने सहकर्मी फोटो पत्रकार मिलन तमुले वी नेपालीलाई जनाए । प्रहरीमा उजुरी भएपछि अल्डरसट पुलिस र आफन्त एवं अन्य नेपालीले खोजी तीव्र पारेको मिलन तमुले जनाए ।
परिवारले उनीबारे केही जानकारी भए फोन नम्बर ०१२५२३१२०९२ मा सम्पर्क गरिदिन आग्रह गरेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित