लन्डन । भूकम्पले क्षतिग्रस्त विद्यालय निर्माण सहयोगार्थ हाइवे टु धम्पुस नामक फिल्म प्रदर्शन हुने भएको छ । आगामी १८ जुलाई सांझ हाउन्स्लोस्थित पल रोविसन थिएटरमा फिल्म प्रदर्शन गर्न लागिएको हो ।
च्यारिटी भएर फिप्टी फिल्मस्ले मुभी निशुल्क उपलव्ध गराइदिएको छ । फिप्टी फिल्मस् र माइन्ड द ग्याप वर्ल्ड वाइडको सहकार्यमा इ सहारा नेपालले प्रदर्शन चांजोपांजो मिलाएको हो ।
टिकट अनलाइनमा http://www.hounslowartscentre.co.uk/whats-on/ वा https://www.yapsody.com/ticketing बाट पनि लिन सकिने आयोजकले बताएका छन् । फिल्म हेर्न एडभान्स् लिए टिकट मुल्य १२.९९ पाउण्ड र ढोकामा लिए १५ पाउण्ड तोकिएको छ ।
फिल्म प्रदर्शन गरेर संकलित पैसाले धादिंगको छत्रे देउराली २ मा अवस्थित नारायण निम्न मावि पुननिर्माणमा सघाउने लक्ष्य रहेको निरज श्रेष्ठले जनाए । उक्त विद्यालय निर्माणका लागि डा. पारुल श्रेष्ठले डब्लुसिएन र माइन्ड द ग्याप वर्ल्ड वाइड (च्यारिटी संस्था) को सहकार्यमा काम शुरु गरिसकेकी छन् । दुई सय वालवालिका अध्ययन गर्ने उक्त विद्यालय भूकम्पले क्षतिग्रस्त बनाइदिएको छ । आयोजकले त्यस सांझ नेपाली खाना र टिसर्ट समेत विक्री गरेर अतिरिक्त कोष अभिवृद्धि गर्ने सोच बनाएका छन् ।
एकसय एक मिनेट लामो उक्त फिल्म फिप्टी फिल्मस्ले निर्माण गरेको हो, जसका निर्माता छन् जोन डि ब्लास विलियम्स् । फिल्म धेरै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट भइसकेको छ । रिक म्याक फारल्याण्डको लेखन र निर्देशन रहेको उक्त फिल्ममा फिल्ममा नेपाली र गैर नेपाली कलाकारहरु रचेल हर्ड उड, गनर राइट, राजबल्लभ कोइराला, सुयसा राना, देशभक्त खनाल, सोफी म्याकसेरा, सायुस गुरुंग बज्राचार्य आदिको अभिनय छ ।
यस्तो छ फिल्मको ट्रेलर
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?