भोको पेट भर्ने कि फि तिर्ने ? आश्रय दिने कि सुविधा: खुश्बु

10363227_10152308701796746_8350807919388159593_n

लन्डन । नेपालमा असहाय वालवालिकालाई आश्रय दिंदै आएको 
संस्था सेल्टरकी अध्यक्ष खुश्वु ओलीले आर्थिक अभावमा संस्थामा आश्रित आफ्ना दुई वालक परीक्षाबाट वञ्चित भएको भन्ने खवर स्वीकार गरेकी छिन् ।

तर, उनले बारम्बार सरकारसंग सहयोग माग्न जांदा वास्ता नगरेकामा सरकारप्रति कडा आलोचना समेत गरेकी छिन् । ‘हो बोर्डिङ स्कुलको फि तिर्न नसक्दा मेरो जति मुटु अरु कसैको दुखेको छैन्’, हाल लन्डनमा रहेकी खुश्वुले भनिन्, ‘किनभने आत्माबाट आफ्नो बच्चा मानेर तिनलाई माया गरिरहेको छु । त्यहां गएर बच्चालाई सोध्नु दिदीले कति माया गर्छ भनेर ?’

राजधानीस्थित अल्कापुरी बोर्डिङ स्कुल चन्डोल, विशालनगरमा कक्षा ९ मा अध्ययनरत सुवास पौडेल र कक्षा ६ मा अध्ययनरत सुवर्ण पौडेल विद्यालय शुल्क तिर्न नसकेपछि परीक्षा दिनबाट वञ्चित भएका भन्ने 
राससको खवर अन्य विभिन्न अनलाइनमा प्रकाशित भएप्रति खुश्वुले प्रष्टिकरण दिएकी हुन् ।

‘मैले सहयोगका लागि सरकारसंग कयौं पटक अनुनय गरे तर भएन’, खुश्वुले भनेकी छिन्, ‘हामीलाई कुनै पनि सरकारी तथा अन्तर्राष्टिय सहयोग छैन् । आफ्नै खर्च, आफन्तजन र केही च्यारिटी कार्यक्रममार्फत संस्था चलिरहेको छ । कम्तीमा सडकको बास हुने अवस्थाका घरवारविहीन वालवालिकालाई वास र खाना दिएको छु ।’

खुश्वुको प्रष्टिकरण (भिडियोसहित)

राजधानीस्थित अल्कापुरी बोर्डिङ स्कुल चन्डोल, विशालनगरमा कक्षा ९ मा अध्ययनरत सुवास पौडेल र कक्षा ६ मा अध्ययनरत सुवर्ण पौडेल विद्यालय शुल्क तिर्न नसकेपछि परीक्षा दिनबाट वञ्चित भएका भन्ने खवरप्रति म आफैं प्रष्टिकरण दिन चाहन्छु ।

मैले सहयोगका लागि सरकारसंग कयौं पटक अनुनय गरे तर भएन । हामीलाई कुनै पनि सरकारी तथा अन्तर्राष्ट्रिय सहयोग छैन् । आफ्नै खर्च, आफन्तजन र साथीभाइको सहयोग र केही च्यारिटी कार्यक्रममार्फत संस्था चलिरहेको छ । कम्तीमा सडकको बास हुने अवस्थाका घरवारविहीन वालवालिकालाई वास र खाना दिएको छु ।

पठनपाठनको सबै आवश्यकता पुरा गर्न नसकेकोमा मलाई कत्ति अफसोच छैन् किनभने सडक र कुलतमा लागेका वालवालिका हाम्रो आश्रयमा 
छन् ।
अहिले मिडियामा भइरहेको आलोचनाको सट्टा ति वालवालिकाका लागि केही सहयोग गरिदिन मेरो आग्रह छ किनभने ति वालवालिकाको रेखदेख हामी सबैको उत्तरदायित्वभित्र पर्छ कि पर्दैन ?

आश्रित वालवालिकासंग सेल्टर नेपालकी अध्यक्ष खुश्वु

आश्रित वालवालिकासंग सेल्टर नेपालकी अध्यक्ष खुश्वु

यी दुई वालवालिकामात्र होइन, अरु कयौंलाई आर्थिक सहयोग आवश्यकता छ । धेरैपटक वाल कल्याण परिषद धाइसक्यौं हामी । सार्है राम्रोसंग वालवालिका राख्नु भएको छ भनेर प्रशंसा नपाएको पनि होइन । तर, सहयोग भने पाउन सकिएको छैन् । आजको समयमा एउटा बच्चालाई दुई छाक खुवाउन गार्हो हुन्छ तर हामीले त कयौं बच्चा हुर्काएका छौं । सडकमा बसेर कुलतमा लागी बच्चाको भविष्य बिगार्नु भन्दा त कमसेकम एउटा छत मुनी राखेर, काउन्सिलिंग गरेर, खेलकुदमा संलग्न गराएर, अनुशासन सिकाएर, प्रशिक्षण दिएर बच्चाको भविष्य सुधार्न सहयोग गरिरहेका छौं । कति धाउनु सरकारलाई गुहार्दै समाज कल्याण र वाल कल्याण धाउंदै । हामी लगभग ७ जना स्टाफ छौं, सबै फूलटाइम भोलेन्टियर गर्छौं । कसैले तलव लिएका छैनन् । जुन दिन दीर्घकालिन श्रोत साधन उपलव्ध हुन्छ, त्यसपछि मात्र अन्य सुविधातिर विचार गर्ने भनेर सबै जना दिनरात खटेका छन् । सडक बच्चा पाल्नु अनाथ पाल्नु जस्तो होइन । लागू औषधको लत लागेका बच्चालाई राखेर सुधारेर सभ्य बनाउन सार्है अप्ठेरो छ । तर पनि हामी रातदिन खटेका छौं । गाउंघरतिर मुठी दान लिए जस्तै एक रुपैयां देखि एक किलो चामलसम्म सहयोग जुटाएर बच्चाहरुलाई हुर्काएका छौं । यो एउटा टिम वर्क हो ।

भाडा समयमा दिन नसकेपनि आफ्नो पनि दायित्व भनेर घरवेटी आमाले पनि विस्तारै दिनु भन्नुहुन्छ, खाद्यान्न उपलब्ध गराउने दाईले पनि मिलाएर विस्तारै दिनु भन्नुहुन्छ । कसैले महिनावारी सहयोग गर्नुहुन्छ त कसैले विहेभोजको खर्च कटाएर । यो एउटा सामूहिक प्रयास हो । सही सहयोग पाउने हो भने २ वर्षमा नेपाललाई सडक वालवालिका मुक्त राष्ट्र बनाउन सकिन्छ । हामी तत्पर छौं तर यसमा सरकारको ध्यानाकर्षण हुंदैन ।

अचेल हजारौं एनजिओको नाममा नकारात्मक कार्य भइरहेको छ । कति दर्ता गरेर काम नगरि बस्ने पनि चलिरहेका छन् । हामी दिनकै हरेक बैठकमा जान्छौं । हरेक सरकारी आदेशको पालना गर्छौं तरपनि खोइ आजसम्म केही सहयोग पाएका छैनौं । हो बोर्डिंग स्कुलको फि तिर्न नसक्दा मेरोजति मुटु अरु कसैको दुखेको छैन् । किनभने आत्माबाट आफ्नो बच्चा मानेर माया गरेको छु । त्यहां गएर सोध्नु बच्चालाई दिदीले कति माया गर्छ भनेर । उनीहरुको भविष्य बनाउन कहिले बेलायत, कहिले भारत दौडिरहेको छु त कहिले नेपालकै कार्यालयमा सहयोग जुटाउन । बच्चाहरुका लागि एउटा प्लेटफार्म बनाउन । त्यसैले यस कुरालाई म आफैं प्रष्ट्याउन चाहन्छु । पत्रपत्रिकामा हरेक चोटी दुई तीनवटा बच्चाको खवर आउंछ तर के नेपालमा लाखौं बच्चा छैनन् शिक्षाबाट वञ्चित ? यो सरकारको ध्यानाकर्षण हुनुपर्ने विषय होइन र ?
हामी त सहयोगी हौं, आफ्नो ठाउंबाट सहयोग गरिरहेका छौं । तर, सरकारको लागि त यो सानो कुरा हो । करोडौंको बजेटमा किन यी वालवच्चा पर्दैनन् ?

अन्त्यमा, भोको भेट भर्ने कि फि तिर्ने ? आश्रय दिने कि सुविधा ? सेल्टर नेपालको प्रश्न ।

समाचारको खण्डन
यसैबीच अल्कापुरी हाइस्कुलका एकाउन्टेन्ट रिगज सिंहले आफ्नो नाममा छापिएका समाचार गलत भएको भन्दै खन्डन गरेका छन् । उनले एक पत्र लेख्दै विद्यार्थीको करिब ५० हजार शुल्क बांकी रहेको र सो शुल्क नबुझाउंदा सम्म विद्यालय नआउनु भनि विद्यार्थीको काकालाई भनेको कुरा पत्रकारले बंग्याएको दावी गरेका छन् ।

11072117_10153168504086197_617574259_n

 

https://www.youtube.com/watch?v=iZOXnHI9m_Y&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित सामाग्री