काठमाडौं। प्रमुख राजनीतिक दलहरुबीच नयाँ संविधानको अन्तर्वस्तुमा सहमति खोज्न शुक्रबार वार्ताहरु भएपनि सहमति जुट्न सकेन। नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेतृत्वबीच एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा तथा नेपाली कांग्रेस र मधेशी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो।
सत्तारुढ दलहरुले एकीकृत नेकपा माओवादी नेतृत्वमा रहेको विपक्षी मोर्चासँग विवादको प्रमुख विषय रहेको संघीयता लगायत विषयमा सघन छलफल गर्ने र सहमति बन्न नसके बहुमतीय प्रक्रिया शुरु गर्ने बताएका थिए। विपक्षी मोर्चाले भने फागुन मसान्तसम्म सहमतिका लागि वार्ता गर्ने, सहमति बन्न नसके सडक संघर्षको दोस्रो चरणका कार्यक्रम घोषणा गर्ने बताउँदै आएका छन्। तीस दलीय मोर्चाले संविधान निर्माणका लागि माघ ११ बाट शुरु भएको बहुमतीय प्रक्रिया खारेजीको माग गर्दै आएको छ।
बालकोट र बालुवाटरमा भएका वार्ताहरु संघीयताकै विषयमा केन्द्रित थियो। एकीकृत माओवादीका नेताहरुले पार्टीको जोड संख्याभन्दा पनि प्रदेशको सिमाकंन र नाममा बढी जोड दिएको एमालेका एक नेताले बीनेपालीलाई बताए। वार्तामा एमालेले तराई र पहाडलाई छुट्याउन नहुने पूर्ववत धारणा नै प्रस्तुत गरेका थिए। बालकोटमा भएको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षद्वय बामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल र प्रमुख सचेतक अग्नी खरेलको सहभागिता थियो। एकीकृत नेकपा माओवदीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझीको सहभागिता थियो।
बालुवाटारमा शुक्रबार नै नेपाली कांग्रेसले मधेशी मोर्चासँग वार्ता गरेको थियो। वार्तामा मधेशी नेताहरुले मधेशको भूभागलाई समेटेर २ प्रदेशभन्दा बढी बनाउन नहुनेमा जोड दिएका थिए। पहाडे र मधेशी समुदाय एक आपसमा मिलेर बसेको भन्दै त्यसलाई विभाजित हुने गरी प्रदेश निर्माण गर्न नहुने उनीहरुको जोड थियो। बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवासहितका नेताहरुको उपस्थिति थियो। कांग्रेस, एमालेले तयार पारेको सात प्रदेशको अवधारणामा पूर्वका तीन जिल्ला झापा, मोरङ, सुनसरी र पश्चिकका कैलाली र कंचनपुरसँग जोडिएको प्रति मधेशी दलहरुको आपत्ति रहँदै आएको छ। बैठकका कांग्रेसी नेताहरुले त्यस विषयमा खासै चर्चा नगरेको बताइएको छ। बैठकमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका नेताहरुको सहभागिता थियो।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा