तीन हजारलाई उछिन्दै लिम्बुले जीते बेलायतमा लेखन प्रतियोगिता

लन्डन। बेलायतमा आयोजना भएको विद्यालयस्तरिय राष्ट्रव्यापी लेखन प्रतियोगिता १३ वर्षे नेपाली किशोरले जितेका छन्। अक्सफोर्डसायरस्थित अक्सफोर्ड इस्पायर्स एकेडेमीमा अध्ययनरत मुकाहाङ लिम्बुले तीन हजार प्रतिस्पर्धीलाई उछिन्दै प्रतियोगिता जीतेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन्।mukahang limbu

नेपालमै बाल्यकाल विताएका लिम्बुले बेलायती जीवन घुलिमल हुँदाको अनौठा र आश्चर्यमा पारेको विषयमा कबिता लेखेका हुन्।

सात वर्षदेखि आयोजना हुँदै आएको ‘फस्ट स्टोरी’ प्रतियोगितामा यसपटक ‘घर’ शीर्षकमा प्रतियोगिता सञ्चालन भएको थियो। ‘फस्ट स्टोरी’ले सरकारी स्कुलको क्षेत्रका काम गर्छ र पछि परेको समुदायका छात्रछात्राहरुलाई सिर्जनात्मक लेखनका लागि उत्प्रेरित गर्ने गरेको छ।

लिम्बुलाई बेलायती युवराज्ञी डचेज अफ कोर्नवाल क्यामिलाले पुरस्कृत गरेकी हुन्। प्रतियोगिताको प्रायोजन बेलायतको प्रसिद्ध पत्रिका द सन्डे टाइम्सले गरेको हो । प्रतियोगिताको निर्णायक मण्डलमा विलियम्स फिनेस र लौरा डोकरिल सहितका लेखकहरु रहेका थिए।

उनको कविता यस्तो थियोः

When I came from Nepal

As I clutched my suitcase …

thick hot sweat

built in the slits

of my palms, which

shook holding its cool

metal brace. We walked

into day-winds, thick

as dried out paint

on unwashed canvas.

The sky was painted

daffodil yellow. The ground

was a dirty grey.

There was a metal bird:

an array of fearful,

forgotten paint

**

Missing the feeling of home

I smell the iron rust

of the Municipal Gardens.

The sour tang of home still

sits on the tip of my tongue

like the zest of sweet citrus

fizzing

**

I did not know

of grey, gravel roads,

or the bright buzzing

of scarlet cars.

I did not know

of lonely red-bricked

houses,

gazing strangers,

standing next to next,

military officers, in endless

I did not know

of silence in the streets,

or the secret whispers on

the buses,

or the sly gestures of

I know now

In this place

where I did not know,

the things I did not know

embrace me in ways

I didn’t know.

Mukahang Limbu.

प्रतिक्रिया

सम्बन्धित सामाग्री