काठमाडौं। नेपाली भाषी बस्दै आएको दार्जीलिङ र त्यस आसपासको क्षेत्रलाई समेटेर छुट्टै गोर्खाल्यान्ड राज्यको माग गर्दै सशस्त्र विद्रोहको नेतृत्व गरेका सुवास घिसिङको बिहीबार साँझ निधन भएको छ। दार्जिलिङ नजिकै मिरिकस्थित मञ्जु चिया बगानमा जन्मेका घिसिङको नयाँ दिल्ली गंगाराम अस्पतालमा निधन भएको हो। उनी ८० वर्षका थिए।
कुनै समयमा घिसिङका विश्वास पात्र बिमल गुरुङको नेतृत्वको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा शक्तिमा आएपछि घिसिङ गुमनाम थिए। त्यसअघिको करिब २ दशक दार्जिलिङ र त्यस आसपासको क्षेत्रमा घिसिङको दवदवा रहँदै आएको थियो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका सुप्रिमो घिसिङ सन २००७ अन्त्यदेखि सिलिगुडी विस्थापित थिए । त्यसक्रममै पत्नी गुमाएका उनमा घाँटी र फोक्सोको रोग थियो।
२८ महिना लामो गोर्खाल्यान्ड आन्दोलनपछि २२ अगस्त १९८८ मा दार्जिलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) गठनमा पुगेर टुङ्गिएको थियो। त्यसक्रममा १ हजार २ सयको मृत्यु भएको थियो।
१० मार्च २००८ का दिन दागोपापको कार्यबाहक प्रशासक पदबाट राजीनामा दिएका थिए।
सेन्ट रोबट हाइस्कुलमा नौ कक्षा पढ्दै गरेको समयमा उनको पिताको निधन भएको थियो। बुबाको निधन पछि परिवार पाल्न सन् १९५४ मा उनी सेनामा भर्ना भए। सन् १६६०मा सेना छाडेका घिसिङ १९६६ देखि राजनीतिमा प्रवेश गरेका थिए। सैनिक जीवनबाटै म्याट्रिक्स सकेपछि पल्टनको अनुशासन पचाउन नसकेर दार्जिलिङ फर्केका घिसिङ चित्रकला, खेलकुद, रंगमञ्च आदि क्षेत्रमा एकताका उत्तिकै रुचि राख्थे । उनले ‘सुवास’ नामबाट २१ उपन्यास लेखेका थिए ।
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च