काठमाडौं। नेपाली भाषी बस्दै आएको दार्जीलिङ र त्यस आसपासको क्षेत्रलाई समेटेर छुट्टै गोर्खाल्यान्ड राज्यको माग गर्दै सशस्त्र विद्रोहको नेतृत्व गरेका सुवास घिसिङको बिहीबार साँझ निधन भएको छ। दार्जिलिङ नजिकै मिरिकस्थित मञ्जु चिया बगानमा जन्मेका घिसिङको नयाँ दिल्ली गंगाराम अस्पतालमा निधन भएको हो। उनी ८० वर्षका थिए।
कुनै समयमा घिसिङका विश्वास पात्र बिमल गुरुङको नेतृत्वको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा शक्तिमा आएपछि घिसिङ गुमनाम थिए। त्यसअघिको करिब २ दशक दार्जिलिङ र त्यस आसपासको क्षेत्रमा घिसिङको दवदवा रहँदै आएको थियो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका सुप्रिमो घिसिङ सन २००७ अन्त्यदेखि सिलिगुडी विस्थापित थिए । त्यसक्रममै पत्नी गुमाएका उनमा घाँटी र फोक्सोको रोग थियो।
२८ महिना लामो गोर्खाल्यान्ड आन्दोलनपछि २२ अगस्त १९८८ मा दार्जिलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) गठनमा पुगेर टुङ्गिएको थियो। त्यसक्रममा १ हजार २ सयको मृत्यु भएको थियो।
१० मार्च २००८ का दिन दागोपापको कार्यबाहक प्रशासक पदबाट राजीनामा दिएका थिए।
सेन्ट रोबट हाइस्कुलमा नौ कक्षा पढ्दै गरेको समयमा उनको पिताको निधन भएको थियो। बुबाको निधन पछि परिवार पाल्न सन् १९५४ मा उनी सेनामा भर्ना भए। सन् १६६०मा सेना छाडेका घिसिङ १९६६ देखि राजनीतिमा प्रवेश गरेका थिए। सैनिक जीवनबाटै म्याट्रिक्स सकेपछि पल्टनको अनुशासन पचाउन नसकेर दार्जिलिङ फर्केका घिसिङ चित्रकला, खेलकुद, रंगमञ्च आदि क्षेत्रमा एकताका उत्तिकै रुचि राख्थे । उनले ‘सुवास’ नामबाट २१ उपन्यास लेखेका थिए ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार