काठमाडौ । सरकारले यातायात व्यवस्थापनका लागि ठूलो समस्या बनेको सिन्डिकेट तोड्न कडा कानून ल्याउने तयारी गरेको छ । सिन्डिकेट तोक्नका लागि व्यवसायीलाई जेल हाल्नेदेखि सवारी रुट पर्मिट सधैंका लागि खारेज गर्ने कानुन ल्याउने तयारी भएको हो ।
संसदको सुशासन तथा अनुगमन समितिमा मंगलबार भएको बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, गृहसचिव सूर्यप्रसाद सिलवाल, यातायात सचिव तुलसीप्रसाद सिटौला लगायतले सिन्डिकेटविरुद्ध कडा कानुन ल्याउने तयारीमा जुटेको जानकारी दिएका छन्। कानुनले प्रतिबन्ध लगाएको सिन्डिकेटविरुद्ध सर्वोच्च आदालतको आदेश समेत कार्यान्वयमा आएको छैन। नेपालको पूर्वी भन्दा पश्चिमी क्षेत्रमा यातायातमा बढी सिन्डिकेट छ।
व्यवसायीकै सिन्डिकेटका कारण सवारी दुर्घटना बढिरहेको भन्दै समितिमा गृहमन्त्री गौतमले सिन्डिकेट गर्ने व्यवसायी तथा यातायात समितिका पदाधिकारीलाई जेल हाल्ने कानुन ल्याउनुपर्ने बताए । ‘देशैभरिका सडकमा सिन्डिकेट छ,’ गौतमले भने, ‘अब यो सिन्डिकेटलाई जसरी पनि तोड्नुपर्छ । सिन्डिकेटको यो जालो तोड्ने सबैभन्दा राम्रो उपाय नै कडा कानुन हो ।’ उनले सिन्डिकेट विकासको बाधक भएकाले व्यवसायीलाई सवारीको रुट सधैंलाई खारेज गर्ने व्यवस्था ल्याउनुपर्ने बताए ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल