बिहीबार, चैत २७ २०७६ | Thu, April 09, 2020
नेपालको समय: १०:११ | UK Time: 05:26

नेपाल आइसिसी डिभिजन थ्री च्याम्पियन

वीनेपाली
२०७१ कार्तिक १३ गते ९:२३

काठमाडौं। नेपाल मलेसियामा भएको आइसिसी डिभिजन थ्री लीगमा च्याम्पियन भएको छ । मलेसियाको किन्नरारा ओभलमा भएको फाइनल खेलमा युगान्डालाई ६२ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले ४४ ओभर १ बलमा अल आउट हुँदै १ सय ६१ रन मात्रै बनाउन सक्यो।nepal-cricket-newwww

फाइनलमा भुवन कार्कीले ४, बसन्त रेग्मीले २, शक्ति गौचन, सोमपाल कामी र सागर पुनले एक एक विकेट लिए । युगान्डाका एक खेलाडी रन आउट भए। प्रतिउत्तर ब्याटिङ गरेको युगान्डाका रोजर मुकासाले सबैभन्दा धेरै ५१ रन बनाएका छन्।

नेपालका तीन खेलाडीले अर्ध शतक प्रहार गरेपछि आइसिसी डिभिजन थ्री क्रिकेटको फाइनलमा नेपालले युगान्डालाई २ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी छदै नेपाल २ सय २३ रनमा अल आउट भयो।

खेलमा नेपालका सागर पुन, नरेश बुढाऐर र ज्ञानेन्द्र मल्लले अर्ध शतक प्रहार गरेका थिए । पुनले ६४, बुढाऐरले ५२ र मल्लले ५६ रन बनाए । युगान्डाका रोजर मुकासाले ३ ओभर ५ बल बलिङ गर्दै २७ रन दिएर नेपालको ६ विकेट हात पारे।

टस जितेर ब्याटिङको निर्णय गरेको नेपालका लागि पारस खड्काले १३ रन पछि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बिनोद भण्डारी ९, अरिफ शेख ८, बसन्त रेग्मी २, महमुद अलाम ६, सोमपाल कामी ७ र बसन्त गौचन शुन्य रनमा आउट भए।

डिभिजन थ्रीको फाइनलमा प्रवेश गरेका दुई टोली डिभिजनमा बढुवा भैसकेको छ। डिभिजन टुको प्रतिस्पर्धा आगामी जनवरीमा नामिबियामा हुने छ। च्याम्पियन नेपाली टोली शुक्रबार मध्यान्ह स्वदेश फर्किने छ।

 

 

नेपालका तीन खेलाडीले अर्ध शतक प्रहार गरेपछि नेपालले आइसिसी डिभिजन थ्री क्रिकेटको फाइनलमा नेपालले युगान्डालाई २ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी छदै नेपाल २ सय २३ रनमा अल आउट भयो। – See more at: http://wenepali.com/2014/10/3237.html#sthash.auc4C4o2.dpuf

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक