लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका सहअध्यक्ष महेन्द्र कंडेलले गत वर्ष २९ सेप्टेम्बर २०१३ का दिन लन्डनस्थित नेपाली दूतावासमा भएको सहमति भांड्ने र तोड्ने प्रयास गरिए सम्वन्धित व्यक्तिहरुलाई बेलायती कानुनअनुसार अदालतको ढोकासम्म पुर्याउने चेतावनी दिएका छन् । १० सेप्टेम्बर बुधवार सञ्चारमाध्यम मार्फत विज्ञप्ति जारी गर्दै कंडेलले त्यस्तो चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा कंडेलले सहज वातावरण निर्माणका लागि वर्तमान अध्यक्ष योगेन क्षेत्रीलाई गत वर्षको सहमति कार्यान्वयन गर्दै नेतृत्व हस्तान्तरण गर्न आव्हान समेत गरेका छन् । क्षेत्रीलाई नैतिकताको आधारमा २९ सेप्टेम्बरका दिन नेतृत्व हस्तान्तरणको कार्यक्रम राख्न कंडेलको सार्वजनिक माग छ ।
एनआरएनए आइसीसी सम्मेलनमा समेत ताली बजाएर एनआरएनए यूकेको सहमतिलाई स्वागत गरिएको स्मरण कंडेलले गराएका छन् । उनले सहमतिकै आधारमा अहिलेको कार्यसमितिले बेलायतमा काम गरिरहेकाले आगामी २९ सेप्टेम्बरमा सहजरुपमा नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे । विज्ञप्तिमा कंडेलले सहमति कार्यान्वयन गर्नुको सट्टा एनआरएनए कार्यसमिति, आइसीसी सदस्यहरु र संरक्षकविरुद्ध अभिव्यक्ति दिंदै हिंडेको भन्दै आपत्ति समेत जनाइएको छ ।
असाधारण एकता सम्मेलनको सहमति कार्यान्वयनबाट अध्यक्ष क्षेत्री पछि हटे आफूले सहमतिको अक्षरशः पालना गर्ने जनाउ पनि कंडेलले विज्ञप्तिमा दिएका छन् । कंडेलले अध्यक्ष क्षेत्री भित्रभित्रै कार्यसमिति विघटन गरि २, ४ जनाको हातमा शक्ति सुम्पने षड्यन्त्रमा लागेको आरोप पनि लगाएका छन् । उनले यसरी गलत प्रक्रिया अपनाई सहमति भांड्ने कार्यमा कोही व्यक्ति लागेमा अदालतसम्म पुर्याउन पछि नपर्ने चेतावनी समेत दिएका छन् ।
गत वर्ष २९ सेप्टेम्बरमा लन्डनस्थित नेपाली दूतावासमा तत्कालिन एनआरएनए आइसीसी अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष उपेन्द्र महतोको विशेष अनुरोधमा प्राध्यापक डाक्टर सूर्य सुवेदीको पहलमा एकता सम्मेलन सम्पन्न भएको थियो । केन्द्रीय उपाध्यक्ष क्याप्टन हितमान गुरुङ समेत सहभागी उक्त सम्मेलनमा चक्रीय प्रणाली अनुसार नेतृत्व गर्ने सहमति भएपनि क्षेत्रीले अहिले त्यो सहमति नमान्ने दलिल गर्दै आएका छन् । विज्ञप्तिबारे सम्पर्क गर्न खोज्दा क्षेत्री उपलव्ध हुन चाहेनन् ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श