
न्युयोर्क । ‘के माकुराहरू निदाउँछन् ?’ यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिकलाई रातभर जागा राख्छ । डानिएला रोस्लर र उनका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा पनि मानवजस्तै केही क्षण निदाउने गरेको पत्ता लागेको छ ।
भिडियो क्यामराको सहयोगमा गरिएको अनुसन्धानले निद्राको चक्रमा जस्तै माकुराका आँखा झिलमिल भएका र त्यसलाई निद्राको एक चरणका रूपमा वर्णन गरेको छ । आँखाका भागमा देखिएको झिलिमिलीयुक्त त्यस्तो ढाँचालाई निद्राको सक्रिय चरण भएको निष्कर्षमा डानिएला र उनको टोली पुगेको छ । त्यसलाई मानवको निद्राजस्तै भएको उनीहरूले बताएका छन् । उज्यालो देखिनुको सम्बन्ध सपनासँग रहेको उनीहरूको निचोड छ ।
अनुसन्धानबाट केही चरा र स्तनपायीसहित अन्य जनावरले निद्राको अनुभव गरेका देखाइएको छ । यद्यपि माकुराले पनि त्यस्तै प्रकृतिको निद्रा अनुभव गरे नगरेको यकिनका साथ भन्न नसकिने जर्मनीको जर्मनीको कन्स्टान्ज विश्वविद्यालयका विकासवादी जीव वैज्ञानिक रोस्लरले बताउनुभएको छ । अनुसन्धानको निष्कर्ष प्रसिडिङ्स अफ साइन्सेज जर्नलमा छापिएको छ ।
प्रयोगशालाको कन्टेनरमा राति रेशमको धागोमा माकुरा झुण्डिएका फेलापरेपछि निद्राको प्रश्नमा केही समाधान भेटिएको डानिएला बताउँछिन् । कुकुर वा बिरालाले झै घुँडा टेकेर सुतेको स्पष्ट देखिए पनि निद्राको चक्र मानव र माकुरामा समान भएको उनको ठहर छ ।
माकुराको निद्राको चक्र अन्य जीवसँग तुलाना गर्न कठिन हुने उनको कथन छ । हार्वर्ड विश्वविद्यालयका विकासवादी जीव वैज्ञानिक पनि डानिएलाको भनाइप्रति सहमत छन् ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय