
वाशिङ्गटन डिसी । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को १५औँ साधारणसभा सान्फ्रान्सिस्कोमा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाले सङ्घको विधानमा केही संशोधन गर्नुका साथै नेपाल पत्रकार महासङ्घसँग गर्ने समझदारी पत्रलाई अनुमोदन गरेको छ । समझदारीपत्र अनुसार नेपाल पत्रकार महासङ्घको सदस्य रहेर हाल अमेरिकामा रहेका सदस्यहरुको सदस्यता नवीकरण हुनेछ ।
यसअघि नेजाको १५औँ साधारणसभाको नेपाल पत्रकार महासङ्घको महासचिव रोशन पुरीले उद्घाटन गर्नुभएको थियो ।
महासचिव पुरीले नेजाबाट नेपालका पत्रकारलाई वृत्ति विकास, पुरस्कार र समस्या पर्दा नियमित रुपमा आर्थिक सहयोग भइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
नेजाका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्ष्यतामा सम्पन्न साधारणसभामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले नेजा र एनआरएनबीच लामो समयदेखि सहकार्य रहिआएको स्मरण गर्दै वृत्ति विकासका लागि सहयोग गर्ने उद्देश्यले यसै वर्षदेखि नयाँ कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।
सुवेदीले अमेरिकामा रहेका नेपाली संस्थाहरु बलियो भएमा नेपालीको हितमा सहयोग पुग्ने उल्लेख गर्दै त्यसमा एनआरएन सहकार्यका लागि सदा तत्पर रहेको बताउनुभयो । कार्यक्रममा नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल, अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, तामाङ सोसाइटीका टेक लामा, विश्वका सातै वटा अग्ला हिमाल आरोहण गरेकी शैली बस्नेत, एनआरएन अमेरिकाका पूर्वउपाध्यक्ष डिल्ली भट्टराई, नान्सका अध्यक्ष प्रितेष कार्की, नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष सहजमान श्रेष्ठ, हिमालय फाउण्डेशनका यज्ञलाल श्रेष्ठ, नेजाका सल्लाहकार रवि अधिकारी, जनसम्पर्क समितिका नारायण खनाल, साधरणसभा आयोजक समितिका संयोजक शिव नेपाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
साधारणसभाको बन्दसत्रले महासचिव सुरज भण्डारीले प्रस्तुत गर्नुभएको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष प्रभात भट्टराईले पेश गर्नुभएको आम्दानी तथा खर्च विवरणको प्रतिवेदनलाई पारित गरेको छ ।
यसैबीच नेजाले एनआरएनसँगको सहकार्यमा स्थापना गरेको नेजा एनआरएन पत्रकारिता पुरस्कार पत्रकारद्वय गिरिश पोखरेल र विजय घिमिरेलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । दुई हजार अमेरिकी डलर राशीको उक्त पुरस्कार प्राप्त गर्ने पोखरेल र घिमिरे करिब तीन दशकदेखि पत्रकारितामा हुनुहुन्छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण