
लन्डन । बेलायतमा अर्का एक नेपालीले सोलिसिटरको योग्यता हासिल गरेका छन् । उत्तर मान तिगेला
(लिम्बु) १ डिसेम्बर २०१७ देखि यूकेको ‘क्वालिफाइड सोलिसिटर’ भएका हुन् । तिगेला बेलायतका वकिलहरुको नियामक संस्था ‘सोलिसिटर्स रेगुलेशन अथोरिटी’ ले तोकेको कडा शैक्षिक, चारित्रिक र व्यवहारिक सबै परिक्षा सफलतापूर्वक उत्तिर्ण गरेर सोलिसिटरका रुपमा विधिवत रजिष्टर्ड भएका हुन् ।
बेलायतको सोलिसिटर हुने अभिलासा बोकेरै ६ वर्ष अगाडि श्रीमती, छोरा र छोरीसंगै बेलायत आएका तिगेलाले लन्डनस्थित ब्रुनेल युनिभर्सिटीबाट कानुनमा पोस्ट ग्रेजुएट डिप्लोमा र लन्डनकै युनिभर्सिटी अफ वेस्ट लन्डनबाट लिगल प्राक्टिस कोर्ष उत्तीर्ण गरि सोही युनिभर्सिटीबाट भर्खरै लिगल प्राक्टिसमै ‘एलएलएम’ समेत गरेका छन् ।
लन्डनको हयारोस्थित कोर्टनी स्मिथ सोलिसिटर्स फर्ममा कार्यरत तिगेलाले इमिग्रेसन, कन्भिएन्सिङ (रेसिडेन्सल एण्ड कमर्सियल), फेमिली, पर्सनल इन्जुरी साथै लिटिगेसन सम्बन्धि मुद्दामा काम गर्छन् ।
बेलायतमा सोलिसिटर हुन कानुनमा क्वालिफाइङ ल डिग्री (एलएलबी अथवा जिडिएल) पुरा गरे पश्चात १ वर्षे अनिवार्य प्राक्टिकल कोर्ष उत्तिर्ण गर्नुपर्छ । सो उत्तिर्ण गरेपछि कुनै पनि ल फर्ममा कम्तिमा २ वर्षको अनिवार्य ट्रेनिसिप सफलतापूर्वक पुरा गर्नुपर्छ । अहिले बेलायतमा सोलिसिटर हुन चाहनेका लागि कानुनमा शैक्षिक योग्यता प्राप्त गर्नु भन्दा पनि २ वर्षे अनिवार्य ट्रेनिसिप पाउन गारहो छ । बेलायत सरकारले सोलिसिटर्स रेगुलेशन अथोरिटीको सिफारिसमा सन् २०२० देखि लागू हुने गरि सोलिसिटर्सको योग्यता सम्बन्धि अझै कठोर प्रावधान ल्याउने तयारी गरिरहेको छ ।
तेह्रथुमको छथर गाउं पालिका वडा नं ५ (साबिक ओख्रे गाविस ७) मा जन्मिएका तिगेलाले तेह्रथुमकै ओख्रेस्थित भगवती माध्यामिक विद्यालयबाट वि सं २०४३ सालमा एसएलसी उत्तीर्ण गरि धरानको महेन्द्र क्याम्पसबाट वि सं २०४९ मा कानुन र मानविकी (अंग्रेजी विषय) मा स्नातक गरेका थिए । तिगेलाले वि सं २०५० मा अधिवक्ताको लाइसेन्स प्राप्त गरि केहि समय नेपालमा कानुन ब्यवसाय समेत गरे ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अंग्रेजी विषयमा स्नात्तकोत्तर गर्दा गर्दै परिवारका साथ हङकङ गएका उनी त्यहां एक्यूट कन्सल्टेन्सीमार्फत अध्यागमन विषयमा लिगल कन्सल्टयान्ट भएर लामो समय काम गरे । साथै, तिगेलाले सन् २००८ मा नेपाल नोटरी पब्लिक काउन्सिलको अंग्रेजी र नेपाली अनुवादकको परिक्षा उत्तीर्ण गरे पश्चात कुनै पनि कागजपत्र प्रमाणित गर्नुका अलावा नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा अनुवाद गर्न ‘क्वालिफाइड ट्रान्सलेटर’ तथा ‘रजिष्टर्ड नोटरी पब्लिक’ को रुपमा पनि काम गर्दै आएका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो