लन्डन । लन्डनस्थित नेपाली दूतावासले गैर आवासीय नेपाली परिचय पत्र, यात्रा अनुमति पत्र र अन्य सम्बन्धित पत्रहरु आवेदन गरेकै दिन जारी गर्ने भएको छ । दूतावासले मंगलबार एक सूचनामार्फत उक्त जानकारी दिएको हो ।
साथै दूतावासले यही १ फेब्रुअरी २०१७ देखि हुलाक/पोस्ट मार्फत नेपालको भिसाको लागि आवेदन गर्ने आवेदकहरुलाई कागजात प्राप्त भएको दिनमा नै भिसा जारी गरी सम्बन्धितको ठेगानामा राहदानी फिर्ता पठाउने व्यवस्था गरेको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाली राजदूतावास, लण्डनको सूचना जस्ताको तस्तै-
नेपाली राजदूतावास, लण्डनले यही १ फेब्रुअरी २०१७ देखि हुलाक/पोस्ट मार्फत नेपालको भिसाको लागि आवेदन गर्ने आवेदकहरुलाई कागजात प्राप्त भएको दिनमा नै भिसा जारी गरी सम्बन्धितको ठेगानामा राहदानी फिर्ता पठाउने व्यवस्था गरेको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।
भिसाको लागि हुलाक/पोस्ट मार्फत यस राजदूतावासमा पठाउँदा राहदानी र भरेको भिसा फाराम सहित राजदूतावासको बैंक खातामा जम्मा गरेको भिसा शुल्क रसिद र राहदानी फिर्ता प्राप्तिको लागि हुलाक खाम अनिवार्य रुपमा पठाउनु हुन अनुरोध गरिन्छ ।
भिसाको लागि सेवाग्राहीले राजदूतावासमा उपस्थित भई सोही दिन भिसा प्राप्त गर्ने सुविधालाई समेत यथावत राखिएको छ ।
नेपाली राजदूतावास, लण्डनले गैरआवासीय नेपाली परिचय पत्र, यात्रा अनुमति पत्र र अन्य सम्बन्धित पत्रहरु आवेदन गरेकै दिनमा जारी गर्ने व्यवस्था गरेको व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिन्छ ।
विस्तृत जानकारीको लागि राजदूतावासको वेबसाइट www.nepembassy.org.uk हेर्न हुन अनुरोध गरिन्छ ।
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग