काठमाण्डौं । गैर आवासिय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानबीच साहित्यिक सहकार्यका लागि बिहीबार सहमति पत्रमा हस्ताक्षर भएको छ । एनआरएनएको तर्फबाट अध्यक्ष शेष घले र प्रतिष्ठानको तर्फबाट कुलपति गंगाप्रसाद उप्रेतीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
आगामी ७ औं एनआरएनए विश्व सम्मेलनका अवसरमा वृहत संगोष्ठी गर्ने, नेपाली साहित्यलाई अनुवाद गर्ने, विभिन्न सिर्जना संग्रह प्रकाशन गर्ने, डायस्पोरिक डेस्कलाई ब्यवस्थित गर्ने र दुवै संस्थाका प्रतिनिधिहरु रहने संयोजनकारी समिति निर्माण गर्ने लगायत कुरामा हस्ताक्षर भएको छ । सहमतिपत्रको अवधि २ वर्ष रहनेछ ।
सहमतिको निम्ति घले र सचिवालय निर्देशक राजेश राणालाई नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी कार्यलयमा निमन्त्रणा गरिएको थियो । सहमतिका निमित्त एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको भाषा तथा साहित्य प्रवद्र्धन उपसमितिका संयोजक विश्वास दीप तिगेलाले भूमिका निर्वाह गरेका थिए ।
यसअघि पूर्व अध्यक्ष जीवा लामिछाने यस कार्यदलसंग सम्बन्धित संयोजक थिए ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय