काठमाडौँ, २७ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा लिपिबद्ध भएका जनताका अधिकारलाई संस्थागत हुन नदिन केही राजनीतिक दल लागिपरेको बताउनुभएको छ ।
नेकपा९९माओवादी केन्द्र०का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले सो पार्टी प्रदेश नं ३ द्वारा यहाँ आज आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनताका अधिकारलाई संस्थागत हुन नदिन केहि दलले फैलाएको भ्रमलाई चिर्न तथा परिवर्तनका मुद्दा जोगाउनका लागि जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
“अहिले विभिन्न गिरोहको सहयोगमा माओवादीविरुद्ध आन्दोलनको षड्यन्त्र हुँदैछ,” उहाँले भन्नुभयो– “सङ्घीयता, गणतन्त्र, समावेशीताजस्ता मुद्दाकाविरुद्ध केही दल र नेता लागेका छन्, हिजो उनीहरुले हृदयदेखि नै परिवर्तन स्वीकारेका थिएनन्, जनयुद्धको राप र तापका कारण बाध्यतावश मानेका थिए ।”
अध्यक्ष दाहालले अहिले माओवादी आन्दोलन केही कमजोर भएको देखेर परिवर्तनका सबै उपलब्धिलाई उल्टाउन खोजिएको बताउँदै जनतामा भ्रम छरेर आफू मात्रै ठीक, आफूले गरेको मात्रै राम्रो भन्ने मानसिकताका साथ केही मान्छे लागेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो – परिवर्तनलाई जोगाउन पार्टीका सबै नेता तथा कार्यकर्ता जनतामा जानु आवश्यके छ ।
हालै सम्पन्न पार्टीको पोलिटब्युरो बैठकले सङ्गठनको गतिरोध चिरेको स्पष्ट पार्दै अध्यक्ष दाहालले भन्नुभयो, “ अब अधिवेशनमार्फत व्यवस्थित सङ्गठनको जग बसाल्नेतिर हाम्रो ध्यान केन्द्रित गरौँ र अभियान बनाएर जनतामा जाऔँ ।”
“सबैको मूल्याङ्कन अभियान र जनसेवाले गर्छ,” उहाँले भन्नुभयो– “यसले जनतामा नयाँ आशा र माओवादी आन्दोलनमा एकताको वातावरण पनि बन्नेछ ।”
अध्यक्ष दाहालले माओवादीबीच फेरि एकताको आधार बन्दै गएको उल्लेख गर्दै “माओवादी विभाजित हुँदा प्रतिगामीले टाउको उठाए, अब नयाँ शिराबाट माओवादी आन्दोलन ध्रुवीकरण हुन्छ, त्यसको गृहकार्य भइरहेको छ, तपाईहरु पनि जनतामा गएर एकता र जनसेवाको वातावरण निर्माण गर्नुहोस् भन्नुभयो ।”
आगामी वैशाखको पहिलो हप्ताभित्रै स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा सरकार रहेकाले पार्टीलाई विजयी गराउन भरमग्दुर प्रयास गर्न पनि उहाँले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
सो अवसरमा पार्टीका नेता नारायणकाजी श्रेष्ठले सङ्गठन सुदृढीकरण नै आजको प्रमुख आवश्यकता भएकाले राजधानी केन्द्रित हुने प्रवृत्ति त्याग्न सबैमा आग्रह गर्दै जनतामा जाने हो भने माओवादीप्रति पुनःउभार आउने भएकाले नीति तथा कार्यक्रम बनाई प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
अर्का नेता रामबहादुर थापाले माओवादीलाई कमजोर पार्ने नियतका साथ नेकपा एमाले लगायतका दलले अराजक आन्दोलन गरेको भन्दै जनतामा रहेको भ्रम चिर्नु जरुरी रहेको छ भन्नुभयो ।
नेताहरु वर्षामान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, दीनानाथ शर्मा, हितमान शाक्य, पम्फा भुसाल, लोकेन्द्र विष्ट लगायतले माओवादीलाई पुनः एक नम्बरको पार्टी बनाउन सिङ्गो पार्टी पङ्क्ति परिचालित हुनुपर्ने धारणा राख्नुभयो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ