लन्डन । एउटा घडीको मुल्य कति पर्ला ? १०, २०, ५० हजार रुपैयां ? यस्तो अनुमान गलत हुने गरि बेलायतमा एउटा घडी ४३ लाख रुपैयांमा विक्री भएको छ । घडी चाहिं सन् १९५३ मा सर्वोच्च शिखर सगरमाथा चुम्ने पहिलो व्यक्ति सर एडमन्ड हिलारीले त्यति बेलै लगाएको हो । त्यतिबेला नेपालका तेन्जिङ नोर्गे र न्यूजिल्याण्डका हिलारीले सगरमाथाको सफल आरोहण गरेका थिए ।
सर जोनले नेतृत्व गरेको उक्त सगरमाथा आरोहण दलमा १५ जना आधिकारीक सदस्य र ३६० जना नेपाली भरिया सामेल थिए ।
बेलायतको सफोकस्थित मार्टलस्याम अक्सनर्स लक्डेल्स्को लिलाम बढाबढ कार्यक्रममा जर्मनीका एक नागरिकले एभरेष्ट रोलेक्स् घडीलाई २७ हजार एकसय ४० पाउण्ड रकम कवोल गरेका हुन् ।
शुरुमा ५ हजार पाउण्डबाट लिलाम बढाबढ शुरु भएको उक्त घडी किन्न बोल कवोलमा ११ जनाले प्रतिष्पर्धा गरेका थिए ।
अक्सन म्यानेजर जेम्स् स्याडलरका भनाइमा अत्यन्त दूर्लभ उक्त घडी त्यति बेला हाइ अल्टिच्यूडको लागि डिजाइन गरिएको थियो । उनले विगतमा यस्तो प्रकारको घडी लिलाम बढाबढमा १७ हजार पाउण्डसम्म कवोल हुने गरेको भएपनि हिलारीको रोलेक्स घडीलाई त्यति उच्च मुल्य तिरिएको जनाए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा