लन्डन । लन्डनस्थित नेपाली दूतावासले शुक्रवार (फागुन ७) ६६ औं प्रजातन्त्र दिवस मनाएको छ । दूतावास भवनमा आयोजित कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए । विकडेज् परेकाले सहभागिता संख्या भने उल्लेख्य थिएन । सहभागी वक्ताहरुले प्रजातन्त्र दस्तावेजमा मात्र सिमित नभई यसलाई संस्थागत गर्न सकिएमात्र देश समृद्धतर्फ लम्कने धारणा राखे ।
कार्यक्रममा कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाली जनताले झण्डै ७ दशकदेखि संघर्ष गरेर प्रजातन्त्र आएपनि यो संस्थागत हुन नसक्दा मुलुक पछाडि परेको बताए । उनले नयां संविधान जारी भएको प्रसंग उल्लेख गर्दै यो मुल कानुन भएकाले आवश्यकता अनुसार संशोधन गर्दै लान सकिने समेत जनाए । कार्यक्रममा अनुपस्थित राजनीतिक पार्टीका भातृ संगठन प्रमुखहरुसहित अन्यलाई लक्षित गर्दै क्षेत्रीले भने, ‘बोलाएन फेसबुकतिर गाली आउंछ, बोलायो सहभागिता हुन्न । सायद आजको कार्यक्रम रमाइलो नभएर होला ।’
थर्ड सेक्रेटरी बाबुकाजी डंगोलले स्वागत मन्तव्य दिएको उक्त समारोहमा यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष उमेशराज मोक्तान, नेपाल पर्यटन वोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारी, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओविइ), नेपाल आदिवासी जनजाती महासंघ यूके अध्यक्ष धर्म तामाङ, नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली लगायतले प्रजातन्त्र दिवसको शुभकामना दिएका थिए ।
दिनेश सिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा हालै नेपाल पर्यटन वोर्डको बेलायत प्रतिनिधि नियुक्त भएकामा व्यवसायी पशुपति भण्डारीलाई खादाले सम्मान गरियो । कार्यवहाक राजदूत क्षेत्रीले भण्डारीलाई कार्य सफलताको कामना गर्दै वधाइ दिएका थिए ।
राष्ट्रिय गानपछि शुरु कार्यक्रममा शहीदप्रति मौनधारण समेत गरिएको थियो ।
तस्विरहरुः सुरज पौडेल
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान