
काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले सङ्घर्षबाट जहानियाँ निरङ्कुश शासनको अन्त्य गर्दै प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको उपलक्ष्यमा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
लोकतन्त्र, न्यायपूर्ण, स्वतन्त्र र समुन्नत नेपाल निर्माणका लागि २००७ सालअघि र त्यसपछिका जनआन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध प्रजातन्त्रका सेनानीप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।
आधुनिक नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताउँदै उहाँले जनाधिकार पुनः प्राप्तिका लागि पटक पटक भएका सशस्त्र र शान्तिपूर्ण आन्दोलन, नेपाली जनताले लोकतन्त्र र समुन्नत समाज स्थापनाका लागि गरेका दुख, कष्ट, त्याग र सङ्घर्ष तथा विशेषतः २०४६ तथा २०६२, ६३ को शान्तिपूर्ण जनआन्दोलनमा नेपाली जनताले गरेको बलिदानको परिणामस्वरुप प्राप्त उपलब्धिका कारण अहिले मुलुक समावेशी लोकतन्त्र र सङ्घीयतासहितको गणतान्त्रिक संरचनामा प्रवेश गरेको उल्लेख गर्नुभएको छ ।
सात सालदेखि नेपाली जनताले गरेको सङ्घर्षको परिणाम जननिर्वाचित संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपाली जनताका आप्mनै प्रतिनिधिद्वारा लेखिएको संविधान जारी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संबिधानले सबै नेपालीलाई समान अधिकार प्रदान गरेको तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक सुनिश्चित गरेको बताउनुभएको छ ।
संविधानको कार्यान्वयनसँगै अब मुलुक आर्थिक सामाजिक विकासको दिशामा अघि बढेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले संविधान जारी भएपछि यसका केही प्रावधानलाई लिएर प्रकट भएका असन्तुष्टि, असहमति र गुनासाको सम्बोधनका लागि वार्ता र संवाद भइरहेको र संविधानको पहिलो संशोधनबाट ती असन्तुष्टि आधारभूत रुपमा सम्बोधन भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीले कहीँ कतै केही असहमति वा गुनासा भए वार्ता र संवादकै माध्यमबाट सम्बोधन गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने