काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले ६६ औँ राष्ट्रिय प्रजातन्त्रले सबै नेपालीलाई लोकतन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले सार्वभौमसत्ता जनतामा निहित हुने र जननिर्वाचित प्रतिनिधिद्वारा शासन हुने संसारकै लोकप्रिय शासन पद्धतिका रुपमा प्रजातन्त्रलाई लिने गरिएको उल्लेख गर्दै निरङ्कुश जहानिया राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको २००७ साल फागुन ७ गते ऐतिहासिक दिन भएको उल्लेख गर्नुभएको छ ।
जनताको चाहना एवम् त्यागका कारण देशले प्राप्त गरेको संविधानको कुशल कार्यान्वयन गरी अब आर्थिक सामाजिक समृद्धितर्फको यात्रा तय गरेर नै लोकतन्त्रको सुदृढीकरणका साथै प्रजातन्त्र दिवस तथा सहिदको उच्च कदर गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको छ ।
‘आजको दिन गौरवपूर्ण’
उपराष्ट्रपति नन्दबहादुर पुनले २००७ सालको जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले निरङ्कुश राणा जहानियाँ शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा अङ्कित रहेको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले संविधानसभाबाट प्राप्त उपलब्धिको जगेर्ना गर्दै सुदृढ राष्ट्रिय एकताका जगमा मुलुकलाई शान्ति, स्थायित्व, समुन्नत एवम् समृद्धिको मार्गमा द्रुत रुपमा अघि बढाउनुपर्नेमा सबैको ध्यानाकर्षण गराउनुभएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार