
लन्डन । ग्लोवल पोलिसी फर नेपालका अध्यक्ष एवं लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले नेपालको प्रजातन्त्र अब सही दिशातर्फ उन्मुख भएको बताएका छन् । प्रजातन्त्र दिवस (फागुन ७) को पूर्व सन्ध्यामा एक सन्देश जारी गर्दै उनले धेरै वाधा अड्चनका बीच नेपालमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी संविधान जारी भएको पनि जनाएका छन् । उनले स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीलाई वधाई दिंदै नयां संविधान सबैका लागि गर्वको विषय र एउटा उपलव्धि रहेको समेत बताए ।
कम्बोडियाका लागि पूर्व संयुक्त राष्ट्रसंघीय मानवअधिकार दूत सुवेदीले अन्य देशमा प्रजातन्त्र संस्थागत हुन कयौं वर्ष लागे पनि नेपालले भने छोटो समयमै यो पाएको सन्देशमा उल्लेख गरेका छन् । उनले स्वतन्त्रताका हिसावले नेपाल अग्र पंक्तिमा रहेको स्मरण गर्दै अब आर्थिक समृद्धितर्फ बढ्नु चुनौती रहेको जनाएका छन् ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त