
लन्डन । नेपाली क्रिकेट टिमले पहिलोपटक विश्वकै प्रतिष्ठित लन्डनस्थित लर्डस् (होम अफ क्रिकेट) मैदानमा म्याच खेल्ने भएको छ । आगामी १९ जुलाई, २०१६ का दिन विश्वकै लोकप्रिय मार्लेवोन क्रिकेट क्लव (एमसीसी) संग नेपाली खेलाडीले पहिलोपटक खेल्ने भएका हुन् ।
इंग्ल्याण्ड र पाकिस्तानबीच टेस्ट म्याच भएको भोलिपल्ट उही पिचमा नेपाली टिम र एमसीसीबीच खेल हुने भएको हो ।
नेपाल र एमसीसीबीचको म्याच बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठको एउटा हिस्सा भनिएको छ । क्रिकेट एसोसिएसन अफ नेपालको पहल र लन्डनस्थित नेपाली दूतावास तथा बेलायती विदेश मन्त्रालयको सहयोगमा म्याच सम्भव भएको हो । लन्डनस्थित नेपाली दूतावासले खेलमा उच्च सहभागिताका लागि बेलायतस्थित नेपाली संघसंस्थाका पदाधिकारीसंग छलफल गरिसकेको छ । खेल हेर्न नेपाल र बेलायत दुवै देशका विशिष्ठ पदाधिकारी सहभागी हुने अपेक्षा गरिएको नेपाल क्रिकेट र एमसीसीबीच पुलको काम गरिरहेका क्रिकेटप्रेमी प्रशान्त कुंवरले जनाए । उनले नेपालमा क्रिकेट खेलको विकास आशातित रुपमा भइरहेको जनाउंदै आसन्न खेलले एमसीसी क्लवसंग नेपाली टिमको सम्वन्ध अझ मजवुत हुने विश्वास व्यक्त गरे ।
गत नोभेम्बर २०१५ मा नेपाल गएको एमसीसीले क्रिकेट एसोसिएसन नेपालसंग सम्वन्ध मजवुत बनाइरहेको छ । नेपाल टिमका क्याप्टेन पारस खड्काले एमसीसीका लागि सन् २०१५ मा दुवइमा इमिरेट्स टि २० खेलेका थिए । पारस खड्काले यसपटकको म्याच पनि खेल्ने विश्वास गरिएको छ । एमसीसी हेड अफ क्रिकेट जोन स्टेपहेन्सन भन्छन्, ‘नेपाली टिम जुलाईमा लर्डस्मा खेल्न आउन लागेकामा हामी प्रसन्न छौं । हामी खेलाडी र समर्थकहरुलाई लर्डस् मैदानमा स्वागत गर्न प्रतिक्षारत छौं ।’
स्टेपहेन्सनले गत वर्ष नेपाल जांदा आफूले क्षमतावान नेपाली खेलाडी देखेको जनाउंदै बलियो एमसीसी टिम बनाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिने बताए ।
खेलको टिकट विक्रीबाट संकलित रकम गोर्खा वेलफेयर ट्रष्टमार्फत नेपालको पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ । उता, एमसीसीले पनि नेपालको क्रिकेट पूर्वाधार निर्माणमा सघाउने कुंवरले जनाए । क्रिकेट एसोसिएसन अफ नेपालकी सिइओ भावना घिमिरेले लर्डस मा सहभागी हुन पाउनु नेपालका लागि ठूलो अवसर भएको जनाउंदै यसले खेलाडीको मनोवल समेत बढाउने बताएकी छिन् ।
ब्रिटिशहरुले औधि रुचाएका गोर्खा समेत इभेन्टको एक हिस्सा हुनेछन् र उनीहरुले पाइप र ड्रम्स बजाउने कार्यक्रम छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त